Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरविरुद्ध परेका उजुरीको वर्गीकरण गरिने म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

 

अहिले अध्ययनको काम जारी छ । के विषयमा कस्तो उजुरी आए भन्ने संकलन गर्ने काम हुँदै छ । सायद अब हामी चाँडै नै तथ्यांक सार्वजनिक गर्छौं ।
कमलप्रसाद भट्टराई
महानिर्देशक, वैदेशिक रोजगार विभाग

काठमााडौं- वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्था (म्यानपावर) कम्पनीको कार्यसम्पादनको अध्ययनमा वैदेशिक रोजगार विभाग जुटेको छ । विशेषगरी ती संस्थाविरुद्ध परेका उजुरीका प्रकृति विश्लेषण गरी कुन-कुन म्यानपावर कम्पनीले कस्तो किसिमको काम गरिरहेका छन् भनेर छुट्याउने तयारीमा विभाग लागेको हो ।

Hardik health

विभागका अनुसार दर्ता भएका म्यानपावर कम्पनी एक हजार ७०० भन्दा बढी छन् । तर, गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्दा करिब एक हजार वटा संस्थाले मात्र सक्रियरुपमा काम गरिरहेका छन् । हाल विभागले प्रत्येक आवमा कसले कति कामदार पठाए भन्ने तथ्यांकमात्र सार्वजनिक गर्दै आएको छ । तर कतिवटा संस्थाले इमानदारीपूर्वक काम गर्छन्, रोजगारीमा जानेहरु समस्यामा पर्छन्÷पर्दैनन्, कानुनविपरीतका गतिविधि भइरहेको छ÷छैन लगायतमा विषयमा विभागले जानकारी राखेको पाइँदैन । म्यानपावर कम्पनीका यस्ता विवरणहरु यकीन गर्नुपर्ने आवश्यकता महसुस गरी अध्ययनको काम थालिएको विभागको भनाइ छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अध्ययनको काम सुरु भइसकेको बताए । ‘अहिले अध्ययन गरिरहेका छौं । सायद अब हामी चाँडै नै तथ्यांक सार्वजनिक गर्छौं,’ उनले प्रभावसँगको कुराकानीमा भने । विभागले वर्षभरिको तथ्यांक निकालेर सार्वजनिक गर्ने तयारी गरे पनि बीचमा ‘म्यानुअल्ली’ काम भएकाले त्यो सम्भव नभएको भट्टराईले बताए । ‘एक वर्षभरिको तथ्यांक निकालेर प्रकाशन गरौं कि भनेर लागिपरेका थियौं । तर म आउनुभन्दा अघि छ–सात महिना म्यानुअल्ली काम भएको रहेछ । त्यस्ता फाइलहरु हेरेर के विषयमा कस्तो उजुरी आएको थियो भन्ने संकलन गर्ने काम हुँदै छ,’ महानिर्देशक भट्टराईले भने, ‘कामको चापका कारण सबै तयारी गर्न भ्याइनसके पनि अब त्यो कम्पाइल गरिसकेपछि सार्वजनिक गर्छौं ।’ 

अध्ययनबाट संख्यात्मक विश्लेषणसहितको तथ्यांक बाहिर ल्याइने उनले बताए । संख्यात्मक तथ्यांकमात्रै आउने हुँँदा म्यानपावरको नाम भने सार्वजनिक हुने छैन । विभागले विशेषगरी उजुरीकै आधारमा छुट्याउने भए पनि उजुरी पर्दैमा संस्था दोषी हुन्छ भन्ने नभएको भट्टराईले बताए । उजुरीलाई विभिन्न तरिकाबाट हेरेर सही र गलत छुट्याइने उनको भनाइ छ । ‘उजुरी हालेपछि दुईवटा पक्ष आउँछन् । अनि ‘फेस टु फेस’ कुरा गराइसकेपछि को सही, को गलत भनेर थाहा हुन्छ,’ उनले भने, ‘कतिपय अवस्थामा म्यानपावर स्वयंले मैले त गल्ती गरेछु, कामदारलाई दुई–चार हजार बढी दिन्छु भनेर गएको अवस्था छ । कतिपय अवस्थामा पीडितले माग्ने र पीडकले दिन्छु भनेको रकम मेल नखाँदा बीचमा सहमतिमा आएको अवस्था छ ।’

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ कार्यसम्पादनका आधारमा म्यानपावर छुट्याउने मापदण्ड प्रस्ट हुनुपर्ने बताउँछन् । बदमासी गर्ने, कानुनविपरीतका संस्थाहरु बन्द हुने गरेको उनको भनाइ छ । ‘यस विषयमा राम्रोसँग छलफल भएको छैन । यदि नराम्रै गरेको छ, ठगी भइरहेको छ भने त बन्द भइहाल्छ नि,’ गुरुङले भने, ‘राम्रो भनेर थोरै पठाउनेलाई भन्ने कि, धेरै पठाउनेलाई भन्ने ? कस्तोलाई राम्रो भन्छ ? सबै हेर्न प¥यो । यदि यस्तो भयो भने औसत भएका व्यवसायीले व्यवसाय गर्न नपाउला नि ?’
 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP