काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार सुन छ मुल्य सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ६०० रुपौयाँले घटेर १ लाख ९६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा ५१५ रुपैँयाले घटेर प्रतितोला १ लाख ६८ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि २५ रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज २ हजार ३१५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो ।