Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३०, २०८२

 

हामीले कार्यविधि बनाएका छौं । यसलाई कोरियाको कम्पनी र यहाँका म्यानपावरले पनि स्वीकार गर्नुपर्याे । यहाँका म्यानपावरले माग ल्याएर पठाउन सक्नुपर्याे । त्यो क्षमतामा निर्भर गर्ने कुरो हो ।
डण्डुराज घिमिरे
प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौं- सीपयुक्त नेपाली श्रमिकलाई इ-सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि बनेको डेढ महिना बितिसक्दा पनि श्रमिक लैजाने प्रक्रिया भने सुरु भएको छैन । 

गत असार १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गणतन्त्र कोरियामा सीपयुक्त जनशक्ति पठाउनेसम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधन सार्वजनिक गरेसँगै इजाजत प्राप्त संस्था (म्यानपावर)मार्फत कोरिया पठाउने बाटो खुलेको थियो । तर आवश्यक प्रक्रिया नपुग्दा मागपत्र प्रमाणीकरणलगायतका काम अघि बढाउन नपाएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

Hardik health

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भने सरकारले कार्यविधि बनाएर व्यवसायीलाई चाहिने पहुँच दिइसकेकाले बाँकी काम व्यवसायी आफैंले गर्नुपर्ने बताउँछन् । ‘हामीले कार्यविधि बनाएका छौं । यसलाई कोरियाको कम्पनी र यहाँका म्यानपावरले पनि स्वीकार गर्नुपर्याे । यहाँका म्यानपावरले माग ल्याएर पठाउन सक्नुपर्याे । त्यो क्षमतामा निर्भर गर्ने कुरो हो,’ उनले भने, ‘सरकारले यो कार्यविधि पनि चाहिन्छ भनेर ल्याइदिसकेको छ । सरकारले दिने पूर्वाधार, फेम्समा पहुँच दिएको छ । अब के चाहियो र ?’

कार्यविधि त बन्यो, यस्ता सयौं कार्यविधि मन्त्रालयले बनाउँछ । तर कार्यान्वयनमा आउन मन्त्रालयले यदि व्यवसायीले मागपत्र ल्याए भने कामकारबाही अगाडि बढाउनू भनेर विभाग र दूतावासलाई पत्राचार गर्नुपर्छ । त्यसपछि व्यवसायीले डिमाण्ड खोज्ने, ल्याउने गर्छन् । पत्राचार गर्ने काम भएकोे छैन ।
मेघनाथ भुर्तेल
निवर्तमान महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

मन्त्रालयले पत्राचार गरेको छैनः व्यवसायी
मन्त्रालयले आफ्नोतर्फबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेको दाबी गरे पनि हालसम्म कुनै पनि व्यवसायीले मागपत्र ल्याएका छैनन् । मन्त्रालयले यो कार्यविधि कार्यान्वयनका गर्न आवश्यक प्रक्रिया अघि बढाउनु भनेर सम्बन्धित निकायमा गर्नुपर्ने पत्राचार नगरेकाले काम रोकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलले बताए ।

‘कार्यविधि त बन्यो, यस्ता सयौं कार्यविधि मन्त्रालयले बनाउँछ । तर कार्यान्वयनमा आउन मन्त्रालयले यदि व्यवसायीले मागपत्र ल्याए भने कामकारबाही अगाडि बढाउनू भनेर विभाग र दूतावासलाई पत्राचार गर्नुपर्छ । त्यसपछि व्यवसायीले मागपत्र खोज्ने, ल्याउने गर्छन् । पत्राचार गर्ने काम भएकोे छैन,’ उनले भने, ‘अर्को कुरा मागपत्र ल्याइसकेपछि काम हुन्छ भन्ने सुनिश्चितता नभई मागपत्र ल्याउन मिलेन । नत्र उताका रोजगारदाता कम्पनी बिच्किन्छन् ।’

व्यवसायीहरु सरकारको पत्राचारको प्रतीक्षामा रहेको भुर्तेलले बताए । कोरियाको मागपत्र ल्याउन खाडीलगायत नियमितरुपमा काम गरिरहेका मुलुकभन्दा अप्ठ्यारो नै हुने भए पनि व्यवसायीको पहुँच रहेको उनले दाबी गरे । ‘सरकारले सम्बन्ध कायम गरेका सबै मुलुकबाट मागपत्र ल्याउन व्यवसायी सक्षम छन्,’ उनले भने । कति मागपत्र आउँछ भन्ने विषयमा भने पछिमात्र थाहा हुने उनको भनाइ छ । 

हालसम्म कोरियाले रोजगार अनुुमति प्रणाली (इपिएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरेका अदक्ष श्रमिकमात्र लग्दै आएको थियो । यो कार्यविधिले निजी क्षेत्रका व्यवसायीऔव्यवसायी (बिटुबी)मार्फत म्यानपावर व्यवसायीले दक्ष तथा अर्धदक्ष श्रमिकलाई इ-सेभेन भिसा प्रणालीमार्फत कोरिया पठाउने बाटो खुलाइदिएको छ । बिटुबी)मार्फत मौसमी कामदार भने पठाउन पाइने छैन । अन्तर्राष्ट्रिय श्रमबजारमा नेपालीहरु सधैं अदक्ष श्रमिकका रुपमामात्र चिनिने गरेकोले दक्ष श्रमिक पनि पठाउन थालेपछि मुलुककै छविमा सुधार हुने व्यवसायीहरुको भनाइ छ । साथै, सीपयुक्त जनशक्तिले नेपालमा भन्दा धेरै गुणा राम्रो आम्दानी गर्ने र श्रमिकहरु रोजगारीबाट झनै सिर्जनात्मक भएर फर्किने उनीहरुको दाबी छ । 

इ-सेभेन भिसामार्फत कोरिया जानेहरुले आधारभूत कोरियन भाषा र पेसागत सीप भने हासिल गरेको हुनुपर्नेछ । रोजगारीका लागि जाँदा लाग्ने लागत तथा सेवा शुल्क इपिएस प्रणालीकोजस्तै हुने कार्यविधिमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP