काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन मुल्य सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलामा १०० ले बढेर १ लाख ९६ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा ११५ रुपैँयाले घटेर प्रतितोला १ लाख ६६ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि १५ रुपैयाँले वृद्धि भई भएको छ । चाँदी आज २ हजार ३४ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो