Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०८२

काठमाडौं- इजरायलले दीर्घकालीन स्याहार केन्द्रको सहायक कामदार (केयर गिभर) का रुपमा जानका लागि छनोट भएका दोस्रो लटका उम्मेदवारको स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ । त्यहाँको जनसंख्या, आप्रवासन तथा सीमा प्राधिकरण (पिवा)ले तोकिएका १४० जनाको स्वास्थ्य परीक्षण माग गरेको वैदेशिक रोजगार विभागले सूचनामार्फत जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचीमा १०० जना महिला र ४० जना पुरुष रहेका छन् । पहिलो लटका उम्मेदवार लगिसक्न लागेकाले दोस्रो लटकाहरुलाई तयारी अवस्थामा राख्न स्वास्थ्य परीक्षण गर्न भनिएको विभागका जिटुजी शाखा हेर्ने निर्देशक गिरिराज ज्ञवालीले बताए । ‘उनीहरुको मेडिकल र पिडिओटी हुँदा नहुँदै पहिलो लटको सबैजना उडिसक्लान् । उताबाट भनेको बेला उपलब्ध गराइदिनुपर्छ हामीले,’ ज्ञवालीले भने ।

उम्मेदवारलाई पाँच समूहमा विभाजन गरी आफ्नो क्रम संख्याअनुसार तोकिएको संस्थामा स्वास्थ्य परीक्षण गराउन भनिएको छ । क्रम संख्या एक देखि २८ ले क्रिस्टल डाइग्नोस्टिक प्रालि, २९-५६ ले ह्याम्स अस्पताल, ५७-८४ ले स्टार अस्पताल, ८५-११२ ले मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल र ११३-१४० ले नेपाल मेडिसिटी अस्पतालमा परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख छ । परीक्षण आज साउन २९ गते गराउनुपर्ने भनिएको छ । स्वास्थ्यपरीक्षणमा उत्तीर्ण भएपछि पूर्वप्रस्थान अभिमुखीकरण (पिडिओटी) तालिम दिइन्छ र इजरायलका रोजगारदाताबाट करार सम्झौता आउने क्रम सुरु हुन्छ । इजराजयमा श्रमिकको मागअनुसार नामावली आउने भएकाले बाँकी रहेकाहरुको नामावली प्रकाशन गर्दै जाने भनिएको छ ।

Hardik health

२०८१ असार ११ गतेको विज्ञापनमा चार हजार २४ जनाले अनलाइनमार्फत फाराम भरेका थिए । तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । त्यसपछि चिट्ठा प्रणालीबाट दुई हजार ११२ जना छनोट भएका थिए । उनीहरुमध्ये पहिलो लटका एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जना सफल भएका थिए भने चार जना पिडिओटीमा अनुपस्थित भएका थिए । यसर्थ पहिलो चरणमा ९१९ जना छानिएका थिए । इजरायलले आवेदन आह्वान गरेको आठ महिनापछि विभिन्न प्रक्रिया पूरा गरेर गत फागुनबाट श्रमिक लग्न थालेको हो । जसमध्ये हालसम्म ७०० भन्दा बढीको भिसा प्राप्त भइसकेको निर्देशक ज्ञवालीले बताए । बाँकीको करार सम्झौता आउने क्रम जारी छ ।

हालसम्म जिटुजीमार्फत केयर गिभरका रुपमा कामदारहरु गइरहेका छन् । इजरायलले निर्माण र कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भनेको थियो । यस विषयमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित महाशाखाको संयोजकत्वमा निर्देशिकाहरु बन्ने क्रममा रहेको जनाइएको छ । गत आर्थिक वर्ष २०८१/८२मा जिटुजीमार्फत ६३९ जना इजरायल गएका थिए । त्यसैगरी, संस्थागत माध्यमबाट १४९ र पुनः श्रम स्वीकृति लिएर ५५४ जना गरी एक हजार ३४२ जना गएका थिए । जसमा ८१६ जना महिला र ५२६ जना पुरुष रहेका छन् ।

इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयर गिभर लग्दै आएको छ । त्यहाँ जाने कामदारले प्रत्येक दिन सात घण्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्छ । अतिरिक्त काम गरे त्यसबापतको छुट्टै पारिश्रमिक पाइन्छ । इजरायलमा प्रतिमहिना एक जना श्रमिकले पाँच हजार ८८० इजरायली सेकेल अर्थात् दुई लाख रुपैयाँभन्दा बढी तलब पाउँछन् ।


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:०३
#स्वास्थ्य परीक्षण
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP