Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
मलेसियासँगको एमओयू नवीकरणमा सिण्डिकेट प्रवेश गराउन खोजिएको दाबी सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २८, २०८२

काठमाडौं- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले मलेसियासँग नवीकरण गर्न लागिएको समझदारीपत्रमा एकाधिकार (सिण्डिकेट) कायम गराउने विषय प्रवेश गराउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले मंगलबार प्रतिनिधिसभाका समामुख देवराज घिमिरे र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

मलेसिया रोजगारीमा एकाधिकारको प्रावधानलाई तीनवटा मोड्युलमार्फत समझदारीपत्र (एमओयू)मा प्रवेश गराउन खोजिएको मञ्चले दाबी गरेको छ । मञ्चका अनुसार मलेसियाको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसिएमएस)ले इ-एम्बेसी, इ-रिक्रुटमेन्ट र बायोमेडिकल नामक तीनवटा मोड्युल कार्यान्वयनमा ल्याउन खोजेको छ । यी मोड्युलहरु कार्यान्वयनमा ल्याइए नेपाली श्रमिक र व्यवसायीको हितमा गम्भीर असर पर्ने मञ्चको दाबी छ । मलेसियामा रहेको नेपाली दूतावासले हाल सबै कामहरु अनलाइन प्रणालीअन्तर्गत दिइरहेको अवस्थामा एफडब्लुसिएमएसलाई इ-एम्बेसी मोड्युलमार्फत दूतावासको प्रणालीसँग लिंक गराउँदा विभिन्न प्रभाव पर्ने जनाइएको छ । यस्तो भएको अवस्थामा दूतावासको अधिकार कुण्ठित हुने, मागपत्र प्रमाणीकरणको पारदर्शिता हराउने, सेटिङको सम्भावना रहने र सीमित व्यक्तिलाई मात्र प्रमाणीकरणको पहुँच हुने खतरा रहेको मञ्चले औंल्याएको छ । एफडब्लुसिएमएसका सञ्चालक बंगलादेशमा जन्मिएका मलेसियाली नागरिक अमिनुल इस्लाम अब्दुल नुर रहेको जनाइएको छ । बंगलादेशमा उनकै सक्रियतामा सीमित व्यवसायीले मात्र मलेसियामा श्रमिक पठाउने गरेको बताइन्छ । नेपालमा पनि सिण्डिकेड भित्र्याउन उनी सक्रिय रहेको बताइँदै आएको छ । 

इ-रिक्रुटमेन्ट मोड्युल, सीमित व्यवसायी र संस्थाले मात्र प्रयोग गर्न सक्नेगरी निर्माण गरेको पाइएको मञ्चको भनाइ छ । यसले निष्पक्ष प्रतिस्पर्धा नष्ट गर्ने र एफडब्लुसिएमएसले चाहेका व्यक्तिले मात्र यसको पहुँच पाउने भएकाले यो एकाधिकारको मूल आधार भएको दाबी गरिएको छ । त्यसैगरी विगतदेखि सञ्चालित बायोमेडिकल मोड्युल वैदेशिक रोजगार नियमावली, २०६४ विपरीत भएको मञ्चको तर्क छ । यो प्रावधानले नेपालबाट स्वास्थ्य परीक्षण पास भएर गएका श्रमिक पनि गन्तव्यमा असफल भएर फर्किंदा कुनै क्षतिपूर्ति नदिइएको र अत्यधिक परीक्षण शुल्क असुल गरेको जनाइएको छ । मञ्चका अध्यक्ष जनक रावलले सिण्डिकेटलाई प्रमाणित गर्ने विभिन्न तथ्यहरु फेला पर्न थालेकाले जिम्मेवार निकायलाई झकझक्याउने कामलाई निरन्तरता दिइएको बताए । ‘विभिन्न तथ्यबाट सिण्डिकेट लगाउन धेरै मान्छे लागिरहेका छन् भन्ने प्रमाणित हुन थाल्यो । मलेसिया र नेपाल दुवैतर्फबाट यस्ता व्यक्ति सक्रिय रहेका छन्,’ उनले भने, ‘सिण्डिकेट नल्याउन हामीले सरोकारवालासँगको भेटलाई निरन्तरता दिएका छौं । अब प्रधानन्त्री र अर्थमन्त्रीको समय लिएर यो कुरा राख्छौं ।’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ भने कुनै पनि हालतमा सिण्डिकेट नआउने दाबी गर्छन् । सिण्डिकेटको विषय नेपालको संविधान र कानुनबाहिरको कुरा भएको उनको तर्क छ । 

Hardik health

‘सिण्डिकेट कुनै हालतमा आउँदैन । सिण्डिकेट रोक्नकै लागि म लडेर आएको हो । सिण्डिकेट मलेसियाबाट लागू हुन्छ भनेर धेरैले भनिरहेका छन् । मलेसियाको सरकारले नेपाल चलाउने हो र ?,’ गुरुङले भने । यदि त्यस्तो अवस्था आए बाँकी व्यवसायी सडकमा उत्रिने उनले बताए । ‘सिण्डिकेट जसको इसारामा आउँछ भनिरहेको छ त्यो व्यक्ति नेपालको जिबी राईजस्तै बंगलादेशबाट रेड कर्नर जारी भएको व्यक्ति हो,’ अध्यक्ष गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘त्यस्तो व्यक्तिले चलाएको संस्थाले नेपालमा के गर्न सक्छ र ? यस्तो भयो यदि भने विश्वव्यापीरुपमा के सन्देश जान्छ ?’
 


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP