काठमाडाै- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगबार सुन मल्य सात सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य सात सय रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएकाे सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । साथै सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार २ हजार ३०५ रुपैयाँमा किनबेच हुँदैछ ।