Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०८२

काठमाडौं- कुवेत सरकारले आप्रवासी श्रमिकहरुको बसोबासका लागि १२ वटा नयाँ हाउजिङ कम्प्लेक्स निर्माण गरिरहेको जनाइएको छ । विशेषगरी आप्रवासी एकल पुरुषलाई लक्षित गरी सरकारले पारिवारिक आवास क्षेत्रभन्दा बाहिर तोकिएको स्थानमा कम्प्लेक्सहरु निर्माण गरेको जनाइएको छ । यो योजनाले आप्रवासी कामदारलाई नियमन गर्ने, सहरलाई व्यवस्थित गर्ने र सामाजिक सुरक्षाको अवस्थालाई बलियो बनाउने जनाइएको छ । 

यो योजनालाई आप्रवासी श्रमिकहरुको संख्या बढी भएका जलेब अल-शुयुख जस्ता क्षेत्रहरूमा केन्द्रित गरिएको त्यहाँका सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । यी स्थानहरुमा अविवाहित पुरुषहरुका लागि बनेका असुरक्षित र गैरकानुनी बासस्थानले स्वास्थ्य र सुरक्षा जोखिम बढाएको जनाइएको छ । सरकारको यो कदमले बारम्बार घट्दै आएका अपराधलगायतका घटनाको दिगो समाधान गर्ने विश्वास लिइएको छ । त्यहाँको सरकारी प्रतिवेदनका अनुसार नयाँ मोडलमा बनाइएको आवास कम्प्लेक्सहरू वातावरणीय दिगोपन, जनस्वास्थ्य र सेवा पूर्वाधारलाई प्राथमिकता दिने हिसाबले डिजाइन गरिएको छ । यस योजनाअन्तर्गत करिब दुई लाख ७५ हजार कामदारका लागि नयाँ छ वटा सहरहरु निर्माण गरिने छ । जसमध्ये चारवटा जहरा गभर्नरेटमा र दुई अहमदीमा रहेको जनाइएको छ । श्रमिकहरुको दैनिकीलाई बाक्लो जनसंख्या भएका स्थानहरुबाट टाढा लगेर व्यवस्थितरुपमा स्थानान्तरण गर्ने सरकारको रणनीति रहेको बुझिएको छ ।

कुवेतका नगरपालिकाहरुले यो योजनाअन्तर्गतको काम थालिसकेका छन् । गत अप्रिलमा सुभानमा ४० हजार वर्ग मिटरको कम्प्लेक्समा तीन हजार कामदार राख्ने क्षमताको काम सुरु भएको जनाइएको छ । अमघारा र अहमदी भन्ने स्थानमा अन्य कामहरु जारी रहेका छन् । उत्तरी पश्चिम शुएबा क्षेत्रको सात लाख ५० हजार वर्ग मिटरमा सबैभन्दा ठूलो परियोजना बनिरहेको छ । यो मेगा कम्प्लेक्समा करिब ५६ हजार कामदार अट्ने अपेक्षा गरिएको छ । यसबाहेक, शद्दादियाहमा तीनवटा नयाँ कम्प्लेक्स बनाइँदै छ । कूल क्षेत्रफल चार लाख ५० हजार वर्ग मिटरमा फैलिएको यो कम्प्लेक्समा ४२ हजार कामदार अटाउने अपेक्षा गरिएको छ ।  प्रत्येक कम्प्लेक्समा संगठित आवास एकाइहरूका लागि २० प्रतिशत, स्वास्थ्य सेवासहित अत्यावश्यक सेवाहरूका लागि पाँच प्रतिशत, बगैँचाका लागि १२ प्रतिशत, पूर्वाधारका लागि पाँच प्रतिशत, आन्तरिक सडक निर्माणका लागि ३६.३ प्रतिशत बजेट छुट्याइएको छ । कम्प्लेक्सहरूले आवास, व्यावसायिक गतिविधि, सेवा, खुला ठाउँ, पूर्वाधारहरू र आन्तरिक सडकलगायत सन्तुलित सहरका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरु समेट्ने छ । यसले श्रमिकको स्वास्थ्य, सुरक्षा र जीवनको स्तरलाई प्राथमिकता राखेको जनााइएको छ । सरकारको यो कदमले श्रमिकहरु बसोवास गर्ने क्षेत्रमा हुने भीडभाड नियन्त्रण गर्दै उनीहरुको हित गर्ने भनिएको छ ।

Hardik health

यीबाहेक अल-हज्जाज सहरको पश्चिममा र अर्को सुभान (ब्लक ११) गरी दुई साइटहरु दिगोपनको मूल्यांकनको समीक्षापछि रद्द गरिएको जनाइएको छ । त्यहाँका अधिकारी तथा सहरीविज्ञहरुले यो परियोजना श्रमिकहरुका आवासको समाधानमात्र नभएर राष्ट्रिय स्थायित्वमाथिको लगानी भएको जनाएका छन् ।

 


प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP