Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०८२

काठमाडौं- कुवेत सरकारले आप्रवासी श्रमिकहरुको बसोबासका लागि १२ वटा नयाँ हाउजिङ कम्प्लेक्स निर्माण गरिरहेको जनाइएको छ । विशेषगरी आप्रवासी एकल पुरुषलाई लक्षित गरी सरकारले पारिवारिक आवास क्षेत्रभन्दा बाहिर तोकिएको स्थानमा कम्प्लेक्सहरु निर्माण गरेको जनाइएको छ । यो योजनाले आप्रवासी कामदारलाई नियमन गर्ने, सहरलाई व्यवस्थित गर्ने र सामाजिक सुरक्षाको अवस्थालाई बलियो बनाउने जनाइएको छ । 

यो योजनालाई आप्रवासी श्रमिकहरुको संख्या बढी भएका जलेब अल-शुयुख जस्ता क्षेत्रहरूमा केन्द्रित गरिएको त्यहाँका सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । यी स्थानहरुमा अविवाहित पुरुषहरुका लागि बनेका असुरक्षित र गैरकानुनी बासस्थानले स्वास्थ्य र सुरक्षा जोखिम बढाएको जनाइएको छ । सरकारको यो कदमले बारम्बार घट्दै आएका अपराधलगायतका घटनाको दिगो समाधान गर्ने विश्वास लिइएको छ । त्यहाँको सरकारी प्रतिवेदनका अनुसार नयाँ मोडलमा बनाइएको आवास कम्प्लेक्सहरू वातावरणीय दिगोपन, जनस्वास्थ्य र सेवा पूर्वाधारलाई प्राथमिकता दिने हिसाबले डिजाइन गरिएको छ । यस योजनाअन्तर्गत करिब दुई लाख ७५ हजार कामदारका लागि नयाँ छ वटा सहरहरु निर्माण गरिने छ । जसमध्ये चारवटा जहरा गभर्नरेटमा र दुई अहमदीमा रहेको जनाइएको छ । श्रमिकहरुको दैनिकीलाई बाक्लो जनसंख्या भएका स्थानहरुबाट टाढा लगेर व्यवस्थितरुपमा स्थानान्तरण गर्ने सरकारको रणनीति रहेको बुझिएको छ ।

कुवेतका नगरपालिकाहरुले यो योजनाअन्तर्गतको काम थालिसकेका छन् । गत अप्रिलमा सुभानमा ४० हजार वर्ग मिटरको कम्प्लेक्समा तीन हजार कामदार राख्ने क्षमताको काम सुरु भएको जनाइएको छ । अमघारा र अहमदी भन्ने स्थानमा अन्य कामहरु जारी रहेका छन् । उत्तरी पश्चिम शुएबा क्षेत्रको सात लाख ५० हजार वर्ग मिटरमा सबैभन्दा ठूलो परियोजना बनिरहेको छ । यो मेगा कम्प्लेक्समा करिब ५६ हजार कामदार अट्ने अपेक्षा गरिएको छ । यसबाहेक, शद्दादियाहमा तीनवटा नयाँ कम्प्लेक्स बनाइँदै छ । कूल क्षेत्रफल चार लाख ५० हजार वर्ग मिटरमा फैलिएको यो कम्प्लेक्समा ४२ हजार कामदार अटाउने अपेक्षा गरिएको छ ।  प्रत्येक कम्प्लेक्समा संगठित आवास एकाइहरूका लागि २० प्रतिशत, स्वास्थ्य सेवासहित अत्यावश्यक सेवाहरूका लागि पाँच प्रतिशत, बगैँचाका लागि १२ प्रतिशत, पूर्वाधारका लागि पाँच प्रतिशत, आन्तरिक सडक निर्माणका लागि ३६.३ प्रतिशत बजेट छुट्याइएको छ । कम्प्लेक्सहरूले आवास, व्यावसायिक गतिविधि, सेवा, खुला ठाउँ, पूर्वाधारहरू र आन्तरिक सडकलगायत सन्तुलित सहरका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरु समेट्ने छ । यसले श्रमिकको स्वास्थ्य, सुरक्षा र जीवनको स्तरलाई प्राथमिकता राखेको जनााइएको छ । सरकारको यो कदमले श्रमिकहरु बसोवास गर्ने क्षेत्रमा हुने भीडभाड नियन्त्रण गर्दै उनीहरुको हित गर्ने भनिएको छ ।

Hardik health

यीबाहेक अल-हज्जाज सहरको पश्चिममा र अर्को सुभान (ब्लक ११) गरी दुई साइटहरु दिगोपनको मूल्यांकनको समीक्षापछि रद्द गरिएको जनाइएको छ । त्यहाँका अधिकारी तथा सहरीविज्ञहरुले यो परियोजना श्रमिकहरुका आवासको समाधानमात्र नभएर राष्ट्रिय स्थायित्वमाथिको लगानी भएको जनाएका छन् ।

 


प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत मंगलबार, मंसिर २, २०८२
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान सोमबार, मंसिर १, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP