Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २५, २०८२

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको संख्या घटाउने नीति लिए पनि व्यवहारमा उल्टो देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको अनुपात अघिल्लो दुई आर्थिक वर्षको तुलनामा बढेको तथ्यांकले देखाउँछ । 

वैदेशिक रोजगार विभागका अनुसार उक्त आर्थिक वर्षमा कूल आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । जसमा अदक्ष श्रमिकको अनुपात २७ प्रतिशत रहेको छ । यो अनुपात अघिल्लो दुई आर्थिक वर्ष २०८०/८१ र २०७९/८० को तुलनामा बढी हो । विभागको तथ्यांकअनुसार आव २०८०/८१ मा अदक्ष श्रमिकको अनुपात १९.६३ प्रतिशतमा झरेको थियो । यस्तै आव २०७९/८० मा यस्तो अनुपात २६.२६ प्रतिशत रहेको देखिन्छ । 

आर्थिक वर्ष 

   कूल श्रम स्वीकृति 

Hardik health

अदक्ष श्रमिक 

अदक्ष श्रमिकको अनुपात (प्रतिशतमा)

२०७७/७८    

 ८,३९,२६६       २,२७,४०७     २७.०९

२०७८/७९    

७,४१,२९७    १,४५,५४७ १९.६३

२०७९/८०    

७,७१,३२७    २,०२,६१६   २६.२६

२०८०/८१

 ६,३०,०९०    २,८३,०६८   ४४.९२

२०८१/८२

 १,६६,६९८    ८०,३८२   ४८.२२
                                                                                             स्रोतः वैदेशिक रोजगार विभाग

त्यसअघिका दुई वर्षमा भने अदक्ष श्रमिकको अनुपात उच्च रहेको थियो । आव २०७/७८ मा ४८ प्रतिशत भन्दा बढी रहेको अदक्ष श्रमिकको हिस्सा आव २०७८/७९ मा ४४.९२ प्रतिशतमा झरेको थियो । त्यसपछिको दुई आर्थिक वर्षमा उल्लेख्य घटेको अदक्ष श्रमिकको अनुपात पछिल्लो आर्थिक वर्षमा फेरि बढ्न पुगेको हो । यो तथ्यांकले अदक्ष श्रमिक पठाउन कम गर्ने योजनामा सरकार असफल भएको देखाउँछ ।

पाँच आर्थिक वर्षमा श्रम स्वीकृति लिने ३० प्रतिशत अदक्ष 
पछिल्लो पाँच आर्थिक वर्षमा श्रम स्वीकृति लिएर कूल ३१ लाख ४८ हजार ६७८ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । जसमा अदक्ष श्रमिक २९.८२ प्रतिशत अर्थात् नौ लाख ३९ हजार २० जना रहेका छन् ।
सरकारले बाध्यात्मक वैदेशिक रोजगारलाई न्यूनीकरण गर्ने घोषणा गरे पनि पछिल्लो आर्थिक वर्षमा हालसम्मकै धेरै नेपाली श्रमिक विभिन्न मुलुक गएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला गरी कूल आठ लाख ३९ हजार २६६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । जसमा उच्च दक्ष ९३७, व्यावसायिक चार हजार ३७२, अर्धदक्ष ९९ हजार ७२३, दक्ष पाँच लाख छ हजार ८२७ र अदक्ष दुई लाख २७ हजार ४०७ जना रहेका छन् । 

यसैगरी आव २०८०/८१ मा कूल सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा पुरुष छ लाख ६१ हजार १२५ र महिला ८० हजार १७२ जना रहेका थिए । उक्त आवमा श्रम स्वीकृति लिएकामध्ये उच्च दक्षको संख्या ७३२, व्यावसायिक दुई हजार ७७२, अर्धदक्ष ६० हजार १२३, दक्ष पाँच लाख ३२ हजार १२३ र अदक्ष एक लाख ४५ हजार ५४७ जना रहेको तथ्यांक छ ।

त्यसैगरी आव २०७९/८० मा पुरुष छ लाख ९९ हजार १९३ जना र महिला ७२ हजार १३४ जना गरी कूल सात लाख ७१ हजार ३२७ जना रोजगारीका लागि विदेसिएका थिए । जसमा उच्च दक्ष श्रमिकको संख्या २५७, व्यावसायिक एक हजार १५३, अर्धदक्ष ६० हजार ५५५, दक्ष पाँच लाख छ हजार ७४६ र अदक्ष दुई लाख दुई हजार ६१६ जना रहेका थिए ।

आव २०७८/७९ मा श्रम स्वीकृति लिनेको संख्या छ लाख ३० हजार ९० रहेकामा पुरुष पाँच लाख ८० हजार ९६२ र महिला ४९ हजार १२८ जना रहेका थिए । उक्त आवमा विदेसिएकामध्ये उच्च दक्ष १२५, व्यावसायिक ६८०, अर्धदक्ष ५४ हजार ३२८, दक्ष दुई लाख ९१ हजार ८८९, अदक्ष दुई लाख ८३ हजार ६८ जना थिए । त्यसअघि आव २०७७/७८ मा कूल एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएका देखिन्छ । जसमा पुरुष एक लाख ५५ हजार २४२ र महिला ११ हजार ४५६ जना रहेका छन् । उक्त आवमा उच्च दक्ष ६१, व्यावसायिक २४६, अर्धदक्ष १५ हजार ५८३, दक्ष ७० हजार ४२६, अदक्ष ८० हजार ३८२ जना वैदेशिक रोजगारीका लागि गएका विभागको तथ्यांकमा उल्लेख छ ।

 


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना मंगलबार, साउन २६, २०८३
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै सोमबार, साउन २५, २०८३
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने आइतबार, साउन २४, २०८३
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई शुक्रबार, साउन २२, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP