Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • जसपा नेपालको नेतृत्वमा विकास र समृद्धि
जसपा नेपालको नेतृत्वमा विकास र समृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २३, २०८२
कैलाश गुरुङ

यतिबेला देशको अवस्था अस्थिर छ । जताततै अराजकता छ । त्यसैले आमजनतालाई देशको अवस्थाप्रति चित्त बुझेको छैन । देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई विदेसिन बाध्य पारेर केही दलले शासन सञ्चालन गरिरहेका छन् । देशमा उद्योगधन्दा व्यापार, व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् ।

देशमा कुनै कलकारखाना उद्योगधन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । दुई ठूला देशबीचको तरुलको रुपमा बसेको सानो देशलाई ठूला देशले थिचोमिचो गरेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरु देशको माया नगरी विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेका देखिन्छ । विभिन्न सामाजिक संघ संस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठीमा राखेर आफू अनुकूल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । त्यसैले गरिब जनता बाँच्नसक्ने अवस्था नै देखिँदैन । राज्यका विभिन्न क्षेत्रहरु विचौलियाको हातबाट चलिरहेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल भइरहेको अवस्था छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । 

यसले देशको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पु¥याएको छ । देश सामाजिकरुपमा विकृत बन्दै गएको छ । यदि देश राम्रो अवस्था पाएको भए नेपाल स्विट्जरल्याण्ड बन्ने थियो । खालि ठूला दलहरुले प्रजातन्त्रको नाममा जनतालाई ठगे । अहिले पनि ठगिरहेका छन् । देशका युवा शक्तिलाई यहाँ काम गर्न नबस्ने वातावरण निर्माण गर्ने र यहाँ बसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना बेचे, जताततै अराजकता निम्त्याए । सरसर्ती भन्नुपर्दा प्रमुख दलकै कारण देश असफलता उन्मुख छ । हरेक क्षेत्रमा प्रमुख दलका नेताहरुले जनता झुक्याएर लुटिरहेका छन् । त्यसैले प्रमुख दलका नेताले लुटेको सम्पत्ति जफत गर्नुपर्छ । देश विकासमा लगाउनुपर्छ । प्रमुख दलका नेताहरु सत्तामा आउँदा सीमित उनका नेता कार्यकर्ता रमाए होलान् तर आमजनता खुसी भएको अवस्था छैन । 

Hardik health

प्रमुख दलका नेताहरुले गरेको काण्डको बेलिविस्तार लगाएर साध्य छैन । कसरी सत्तामा जाने र देश लुट्ने भन्ने मनसायमा मात्र ठूला दलका नेता लागेका देखिन्छ । यो अवस्थामा भन्ने हो भने जनता समाजवादी पार्टी (जसपा) नेपाल सोझाहरुले भरिएको पार्टी हो । देशभक्तहरुले भरिएको पार्टी हो । उपेन्द्र यादवजस्ता देशभक्त जनभक्त नेता यही पार्टीमा रहनुभएको छ । त्यसो त जसपा नेपाल जन्मेदेखि नै राष्ट्रवादी पार्टी हो । अरु पार्टीले केही गर्न सक्दैनन् भन्ने बुझेर नै हाम्रो पार्टीप्रति जनआकर्षण बढेको हो । अब देश जसपा नेपालको हातमा आउँदै छ । देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले भरिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश चलाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीको नेताहरु यसमा पर्नुहुन्छ ।

गाउँका गरिब जनता दुई छाक खान नपाएर रोइरहेका छन् । नून पाएका छैनन्, तेल पाएका छैनन् । चामल पाएका छैनन् । गरिब जनताको सेवा गर्छु भनेर आएकाहरु आफैंमात्र बने । चप्पल लगाएर हिँड्ने नेताहरु पजेरोमा हिँड्छन् । यस्तो अवस्थामा अबको विकल्प दिने पार्टी भनेको जसपा नेपालमात्र हो । नयाँ बजेट आउँछ । धनीलाई पोसिन्छ । गरिब जनतालाई करमाथि कर थोपरिन्छ । कर्मचारीको तलब बढाइँदैन । हुँदाहुँदा वृद्धभत्ता पाउने उमेर पनि बढाए । त्यही वृद्धभत्ताबाट गुजारा चलाइरहेका गरिब जनताले के गर्ने ? यसरी हेर्दा यस वर्षको बजेट पनि हरेक कोणबाट असफल देखिन्छ । त्यसो त कांग्रेस–कम्युनिस्टले जनता झुक्याएर जितेका छन् । जसपा नेपालमा जनता हुँदाहुँदै पनि जनताले काग्रेस–कम्युनिस्टको सस्ता नारामा फसे । अब हामी जुनसुकै चुनावमा हार्ने छैनौं । हाम्रो मिसन सफल हुँदै जाने छ । हामीलाई मन्त्री प्रधानमन्त्री बन्नुभन्दा पनि जनताको माया छ । हामी खुला हृदय भएका हौं । 

कुनै पनि चुनावमा हाम्रो जित असम्भावी छ । बागमतीमा धेरै पानी बगिसक्यो । जसपाप्रति जनआकर्षण बढ्दै गएको छ । सडकमा नउत्रे पनि घरमै बसेर पनि हाम्रो आन्दोलन र कार्यक्रमहरुमा जनसमर्थन रहेको स्पष्ट छ । कुनै पनि बेला जसपा नेपालले समर्थनमा जनता मैदानमा उत्रने छन् । त्यसैले अबको अवस्थामा हाम्रो आन्दोलन हरेक किसिमले सान्दर्भिक छ । हामी आन्दोलन गर्ने चरणमा छौं । जसपाको संगठन निरन्तर बढ्दै छ । यसलाई अझ बढाउने अभियानमा छौं । हामीलाई सबै तह र तप्कामा जनताले साथ सहयोग गरिदिनुहोला । सिँचाइको अभावले यति बेला तराईसहित देशको कैयन भागमा किसानले धान रोप्न पाएका छैनन् । यदि बेलैमा सिँचाइको व्यवस्था गरिएको भए अहिलेको अवस्था आउने थिएन । प्रमुख दलका नेताहरु सिँचाइको व्यवस्था गर्छु भनेर सत्तामा आए तर गरेनन् ।

 


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १२:११
#कैलाश गुरुङ
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP