काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी मूल्यमा वृद्धि भएको छ ।
आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएका सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । साथै बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार २ हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो ।