काठमाडाैं - नेपाली बजारमा सुनकाे मूल्य चाैध सयले बढेकाे छ । आज सुनको मूल्य प्रति तोला १४०० रूपैयाँले बढेर प्रतितोला १ लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ । मंगलबाचाँदी तोलामा २ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।