काठमाडाैं - नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रति तोला ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
साेमबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलामा २ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो ।