Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १२, २०८२

कैलाली- पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ । सखी सञ्जाल कैलाली, थारू कल्याणकारिणी सभा धनगढी नगर समिति, थारू लेखक सङ्घलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यही साउन १३ गते पर्व मनाउनका तयारी पूरा गरिएको सखी सञ्जाल कैलालीका संयोजक कालीमैया (उन्नति) चौधरीले जानकारी दिए ।

थारू सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण संवद्र्धन गर्र्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ ।  गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफलसहित सांस्कृतिक झाँकी व्यवस्थापन, मिडिया परिचालनलगायत विषयमा छलफल भई तयारी लगभग पूरा भएको संयोजक चौधरीले बताउनुभयो । पर्व मनाउने स्थानमा व्यवस्थापनका लागि प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालयलगायत निकायमा पत्राचार गरिसकेको आयोजकले जनाएको छ । 

“विशेष गरी गुरही एक प्रकारको किराको नाम हो, यस किरालाई नेपाली भाषामा ‘गाइनेकिरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित कीटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उहाँले भन्नुभयो, “यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुडिया बनाई गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुषहरु सेलाएको गुडियालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोग व्याध र नराम्रो चीज लैजा” भनेर जोरजोरले कराउने चलन छ ।”

Hardik health

गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने प्रचलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस वर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको छ ।त्यस्तै, सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । पर्वका अवसर पारेर जिल्लाका विभिन्न स्थानीय तहहरुले मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ ।


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:४७
#गुरही_पर्व
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की शुक्रबार, असोज ३, २०८२
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन शुक्रबार, असोज ३, २०८२
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत शुक्रबार, असोज ३, २०८२
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP