काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेकाे छ । सुनको मूल्य आज तोलामा एघार सयले घटेर १ लाख ९३ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १ लाख ९४ हजार ७०० रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला ५० रुपैयाँले घटेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो ।