काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सयले घटेकाे छ । सुनको मूल्य आज तोलामा १ लाख ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजाे सुनको मूल्य प्रति तोलामा १ लाख ९५ हजार २०० रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा२ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।