काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य चाैबीस सयले घटेकाे छ । सुनको मूल्य आज तोलामा १ लाख ९५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजाे सुनको मूल्य प्रति तोलामा १ लाख ९७ हजार ६०० रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।