Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने १८ लाख नजिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

काठमाडौं- सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या १८ लाख नजिक पुगेको छ । आर्थिक वर्ष २०८१/ ८२सम्ममा कोषमा आबद्ध हुनेको संख्या १७ लाख ७१ हजार ५३७ जना पुगेको हो । 

बुधवार पत्रकार सम्मेलन गर्दै कोषले कुल योगदानकर्ता श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ जना पुगेको जनायो । उक्त आर्थिक वर्षमा मात्रै आठ लाख ८२ हजार नौ सय ४६ श्रमिक कोषमा आबद्ध भएका छन् । यसैगरी रोजगारदाताको संख्या २० हजार नौ सय ९१ पुगेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ३६ करोड योगदान रकम जम्मा भएसँगै कुल योगदान रकम ८३ अर्ब ६५ करोड पुगेको जनाइएको छ । 

वैदेशिक रोजगारीमा जाँदा कोषमा आबद्धता अनिवार्य गरिएकाले कोषमा आबद्धता बढेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । सरकारले २०७९ चैत ८बाट वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य कोषमा आबद्ध गराउन थालेको हो । कोषमा जोडिने बढेपनि नियमित योगदानकर्ताको संख्या भने न्युन रहेको जनाइएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकले यसको महत्व बुझ्न नसक्नु, योगदान रकम जम्मा गर्न प्रक्रियागत समस्या जस्ता कारणले नियमित योगदानकर्ता थोरै भएको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । यसलाई नियमित बनाउन आवश्यक काम गर्ने उनले बताए । ‘आबद्ध हुने इन्डिभिजुअल बढेपछि रेगुलर योगदान गर्नेहरु पनि बढेका छन् । तर यसलाई यथास्थितिमा राख्न हुँदैन । वैदेशिक रोजगारिमा जानेलाई विशेष प्राथमिकतामा राखेका छौँ,’ अधिकारीले भने । 

Hardik health

   साउनसम्म योगदान रकम ८६ अर्ब
 कोषले २०८२ साउनको पहिलो हप्तासम्ममा योगदान रकम ८६ अबै पुगेको जनाएको छ । कोषको वेबसाइटमा उल्लेख गरिए अनुसार साउन पहिलोपहप्ता सम्ममा योगदानकर्ताबाट ८६ अर्ब १२ लाख २७ हजार बढी पुगेको उल्लेख गरिएको छ ।

यसैगरी योगदानकर्ताको संख्या २४ लाख नजिक पुगेको उल्लेख छ । साउनसम्ममा कुल दाबी भुक्तानी १५ अर्ब ८३ करोड बढी पुगेको देखिन्छ । यसैगरी अवकाश दाबीमा १३ अर्ब १९ करोड बढी भुक्तानी गरिसकेको कोषले जनायो । 

विदेशमा रहेकाको हकमा योगदान प्रक्रियालाई सहज बनाउन विभिन्न प्राविधिक कामहरु भइरहेको कोषका सूचना अधिकारी रोशन कोजुले बताए । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा लग इन गरेर सब्मिसन नम्बर लिएर कोषमा योगदान गर्न जटिल भयो भन्ने विषयलाई सम्बोधन गरेर अहिले लग इन नगरि पनि सब्मिसन नम्बर लिन मिल्ने बनाइएको छ,’ उनले भने, ‘साथै अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको रकम जम्मा गर्ने माध्यम बढोस् भनेर थप रेमिटहरुसँग सम्झौता गरेका छौँ । चाँडै नै मोबाइल बैङ्किङसँग पनि सम्झौता गर्न गइरहेका छौँ ।’

यसले विदेशमा या स्वदेशमा रहेकालाई योगदान रकम जम्मा गर्न सहज हुने उनको भनाइ छ । कार्यक्रममा नियमित योगदान गर्नेलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजना अनुरुप भुक्तानी गर्दै आएको कोषमा जनाइएको छ । कोषका अनुसार हालसम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत एक लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड भुक्तानी गरिएको छ । कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड प्रदान गरेको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७ सय ४५ योगदानकर्तालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी भएको जनाइएको छ ।

कोषकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा थप ३ लाख ६२ हजार दाबी वटा भुक्तानीमार्फत ५ अर्ब ८७ करोड रुपैयाँसहित कुल ७ लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत हालसम्म कुल १५ अर्ब ७५ करोड रकम भुक्तानी गरेको कोषको दाबी छ । सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१/८२ मा थप २४ वटासहित कुल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भइ सेवा प्रवाह भइरहेको कोषले जनायो । 
वैदेशिक रोजगारी र स्वरोजगारीमा रहेका व्यक्तिको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वित्तिय संस्थासँग आवश्यक सहकार्यका लागि सम्झौता गरेको छ । 

 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:०२
#सामाजिक सुरक्षा कोष
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP