काठमाडौं– हप्ता चोथो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज तोलामा २१ सयले बढेर १ लाख ९७ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार सुनको मूल्य तोलामा तोलामा १ लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्यमा पनि १ हजार ८०० ले वृद्धि भई प्रतितोला १ लाख ६० हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि ३० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज २ हजार ३५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो ।