Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित
अपेक्षित संख्यामा मागपत्र नआउँदा व्यवसायी निराश ‘सिण्डिकेट’को हल्लाले मलेसिया रोजगारी प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२

सिण्डिकेटको हल्लाले सेवा क्षेत्र खुलेकै छैन । अहिलेसम्म सेक्युरिटी गार्डमात्र लगिरहेको छ । खासमा मलेसिया रोजगारी खुलेकै छैन । खुलाएजस्तो मात्र गरेको हो ।
हरिबहादुर पाण्डे
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति

काठमाडौं– गत वैशाखदेखि पुनः आप्रवासी श्रमिक लैजान थालेको मलेसियाबाट अपेक्षित मागपत्र आउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । एक वर्षपछि रोजगारी खुल्दा उत्साहित भएका व्यवसायीहरु अपेक्षित रुपमा श्रमिकको माग नआएपछि निराश देखिएका छन् ।

विदेशी कामदार लिन बन्द गरेपछि मलेसियाका विभिन्न क्षेत्रमा श्रमिक अभाव भएको त्यहाँका रोजगारदाताले बताउँदै आएका थिए । व्यवसायीहरुका अनुसार त्यहाँ दक्षभन्दा अदक्ष श्रमिकको अभाव हुने गर्छ । मलेसियाले अन्य मुलुकबाट प्रायः जसो सीप नभएका श्रमिकहरु लग्दै आएको छ । रोजगारी बन्द हुँदा अदक्ष श्रमशक्तिको अभावले त्यहाँ भित्रने विदेशी लगानीमासमेत असर गर्न सक्ने भनिएको थियो । तर रोजगारी खुलाएपछि पनि नेपाली श्रमिकका लागि उत्साह जगाउन सकेको छैन ।

मलेसियाले सुरक्षा गार्ड, सेवा क्षेत्र, उत्पादन, बिरुवा रोप्नेलगायतका क्षेत्रमा नेपालबाट श्रमिक लग्दै आएको छ । सुरक्षा गार्ड भने नेपालबाट मात्र लग्ने भएकाले यसको मागपत्र नरोकिएको व्यवसायी बताउँछन् । हाल त्यहाँको निर्माण क्षेत्रमा करिब एक लाख कामदार आवश्यक रहेको त्यहाँका कम्पनीले बताएका छन् । समयमै काम पूरा गर्नुपर्ने हुँदा गैरकानुनीरुपमा बसोवास गरिरहेकाहरुको पनि प्रयोग गरिएको जनाइएको छ । तर निर्माण क्षेत्रमा बढीजसो इण्डोनेसियाबाट श्रमिक लग्दै आएकाले न्यून संख्यामा मात्र नेपाली श्रमिकको माग आउने गरेको छ । 

Hardik health

मलेसियाका कतिपय कम्पनीहरु भियतनामतिर सरेका छन् । विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दी, युद्ध, अमेरिकाको नयाँ कर नीतिलगायतका कारण त्यहाँका कम्पनीलाई असर परिरहेको छ । अब उत्पादन क्षेत्र खुल्यो भने माग केही बढ्छ ।
दीपक थापा
अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन

गत वैशाख १२ गतेबाट रोजगारी खुलाएयता हालसम्म आठदेखि १० हजारको संख्यामा मागपत्र आएको व्यवसायीहरुको भनाइ छ । कम मागपत्र आउनुमा एकाधिकार (सिण्डिकेट) मुख्य कारण रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे बताउँछन् । ‘सिण्डिकेटको हल्लाले सेवा क्षेत्र खुलेकै छैन । अहिलेसम्म सेक्युरिटी गार्डमात्र लगिरहेको छ,’ उनले भने, ‘उताको एजेन्सीसँग कुरा गर्दा नेपालबाट सिण्डिकेट लागू गर्ने कुरा छ । सिण्डिकेट लागू भयो भने हामीले पनि अरुलाई दिन मिल्दैन भन्छ । खासमा मलेसिया रोजगारी खुलेकै छैन । खुलाएजस्तो मात्र गरेको हो ।’

जति श्रमिक केही वर्षअघि जान्थे त्यो अनुपातमा निकै कम श्रमिक लान थालेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए । ‘त्यहाँका कतिपय कम्पनीहरु भियतनामतिर सरेका छन् । विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दी, युद्ध, अमेरिकाको नयाँ कर नीतिलगायतका कारण त्यहाँका कम्पनीलाई असर परिरहेको छ । अब उत्पादन क्षेत्र खुल्यो भने माग केही बढ्छ,’ थापाले भने ।

विगतमा रोजगारीमा गएका श्रमिकहरु करार अवधि सकिएपछि फर्किने गरेकोमा पछिल्लो समय त्यहीँ बस्ने गरेकाले पनि नयाँ श्रमिकको मागमा कमी आएको उनको भनाइ छ । ‘पहिला तीन वर्ष भएपछि सबै जना फर्किएर आउनुहुन्थ्यो । अहिले त्यो छैन । नेपाल फर्किएपछि फेरि जान समस्या हुने हुँदा श्रमिकहरु फर्कनै खोज्नुहुन्न,’ थापाले भने, ‘उहाँहरु ११–१२ वर्षसम्म बस्न थाल्नुभएको छ । पहिला पहिला समयावधि सकिएपछि बस्ने श्रमिकको संख्या १० प्रतिशत पनि हुँदैनथ्यो । अहिले करिव ९० प्रतिशत उतै बस्नुहुन्छ ।’ खाडी मुलुकको भन्दा बढी तलब र नेपालको जस्तै हावापानी हुँदा मलेसियामा नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ ।

सन् २०२४ को तथ्यांकअनुसार मलेसियामा करिब २४ लाख आप्रवासी श्रमिक छन् । नेपालीहरु करिव चार लाखको हाराहारीमा रहेको तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार १८७ जना रोजगारीका लागि मलेसिया गएका थिए । जसमध्ये नौ हजार ९७७ जना संस्थागत, २४२ जना व्यक्तिगत, ३८ हजार ९६८ जना पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।
 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP