Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • विपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला
विपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२
प्राडा शेखर कोइराला

विपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा छ भन्न पाउँदा मलाई आजको दिनमा पनि गर्व लाग्छ । यो कुरा कोइरालाबाट आएको हो । उहाँको योगदानको फेरि अर्कै पाटो छ । त्यो कुनै बेलामा म चर्चा गरुँला । तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बिपी कोइराला नै हो । 

अर्को कुरा पनि छ, यो फेरि परिवारभित्रको योगदानको विषय मात्र हैन, हामी परिवारका सदस्यलाई उहाँले जे सिकाउनु भयो, उहाँको समीपमा जाने जो कोही, चोह त्यो कांग्रेसको कार्यकर्ता होस् वा कुनै व्यक्ति मात्र किन नहोस्, उहाँले हामीलाई जसैगरी उसलाई पनि एउटा मार्गनिर्देश गर्नुहुन्थ्यो । सबैलाई एकै किसिमको व्यवहार गर्ने उहाँको उद्भूत स्वभाव म सम्झन्छु बिपीको नाम आउँदा । 
    
अर्को कुरा, म लोकतन्त्रप्रतिको उहाँको विश्वास, त्यसका लागि उहाँको आजीवन लडाइँ र सम्झौताहीन व्यक्तित्वलाई एकैपटक स्मरण हुन्छ । जनताप्रतिको उहाँको विश्वास अत्यन्त उच्च थियो । उहाँले पटकपटक भन्नुहुन्थ्यो, २००७ सालको क्रान्ति अगाडि दुईवटा राजा भए, त्रिभुवन र ज्ञानेन्द्र । ज्ञानेन्द्रसँग राणा थिए, दरबार भयो, श्रीपेच भयो, आर्मीले सुरक्षा थियो । त्रिभुवनसँग यी सबै थिएन, भारतमा भागेर गएका थिए । त्यस्तो बेलामा पनि राजाका रुपमा त्रिभुवन नै स्थापित भए । त्यो किनभने जनक्रान्तिको साथ त्रिभुवनलाई रह्यो । बिपीको यो विश्लेषण पहिलोपटक सुन्दा मलाई अचम्म नै लाग्यो । जनताप्रति उहाँको कत्रो विश्वास हो ? त्यसकारण उहाँले तिनै जनताका लागि आफूलाई सधैँ समर्पित गर्नुभयो । जनता के चाहन्छन् ? उहाँ बुझ्न चाहनुहुन्थ्यो । लोकतन्त्रको ‘फ्रेम’ भित्र जनताको चाहनालाई राखेर उहाँले रणनीति बनाउनुहुन्थ्यो । म बिपी कोइरालाको नाम सम्झना साथ यी कुराहरु स्मरण गर्छु र सोच्छु अहिलेका हामीहरुले कसरी त्यो बाटो समात्ने र उहाँको सोच अनुसारले राजनीतिलाई ‘ड्राइभ’ गर्ने भनेर । यही सोचाइले नै मलाई अन्तरमनदेखि ऊर्जा जगाउँछ । 

अहिलेको समकालीन राजनीतिक अभ्यास बिपीले सोचे वा चाहेको जस्तो छैन । यो कुरा म प्रस्टसँग भन्दछु । कोही कसैको चित्त दुख्ला, त्यसमा मलाई मतलब भएन । तर, सत्य बोल्न प¥यो । सत्यको बोली फुट्यो भने न सुधारको बाटो बन्छ । बिपीले भन्नुहुन्थ्यो नि, ‘जब सत्यको मुख बन्द हुन्छ, तब मिथ्याको थुतुनो चल्छ ।’ हामीले मिथ्याको थुतुनो चल्न दिन त भएन नि । त्यसैले मैले बोल्छु । यो बिपीले हामीलाई दिएको संस्कार हो । यही नै हाम्रो ऊर्जा हो । नेतृत्वलाई गल्ती गर्दा औँला उठाउन सक्ने कार्यकर्ता चाहिन्छ भन्नुहुन्थ्यो बिपीले । मैले बाहिर बोल्दै हिँड्ने कुरा होइन, तर पार्टीको केन्द्रीय समितिको बैठकमा त्यही भएर सत्य बोलेँ । कोही साथीहरु रुष्ट पनि भए म बोल्दा । तर बुझ्नुपर्ने कुरा के हो भने मैले त्यहाँ सत्य बोलेको हो, सुधारको बाटो खोज्नका लागि गरिएको प्रयत्न थियो । यो बिपीले सिकाएको लाइन हो भन्ने ठानेको छु । 

Hardik health

बिपीले राजनीतिमा मूल्यको, नैतिकताको कुरा गर्नुहुन्थ्यो । अहिलेको समकालीन राजनीतिमा यी दुवै कुराहरु हराउँदै गएको देख्दछु । मूल्यबिनाको राजनीति, नैतिकता बिनाको राजनीति त खाली भीडतन्त्र हुन्छ । हामीले लोकतन्त्र खोजेको हो, यो भीडतन्त्र हुन थाल्यो कि भन्ने चिन्ता सबैमा देख्छु । नागरिकमा व्याप्त निरासाको प्रमुख कारण म यही ठान्छु । भीडतन्त्र हुँदा लोकतन्त्रका आधारभूत मान्यताहरु मर्छन् । लोकतन्त्रका आधारभूत कुराहरु मरे भने राजनीतिमा अराजनीतिक सोच हाबी भइदिन्छ । अहिलेको भीडतन्त्रले त्यही ‘रिजल्ट’ दिनेछ । म त यस कुरामा प्रस्ट छु । त्यसैले मैले बढी चिन्ता गरिरहेको छुँ । संवादहीनताको अन्त्य गरी लोकतान्त्रिक शक्तिहरुका बीचमा छलफल चलाउनुपर्ने देखेर मैले अग्रसरता लिएको पनि छुँ । तर यो मात्रै पर्याप्त म ठान्दिन । यसतर्फ साझा सोच बन्नुपर्छ, कम्तीमा लोकतान्त्रिक सोच भएका व्यक्तिहरु र शक्तिहरुमा । बिपी सधैँ संवादमा विश्वास गर्नुहुन्थ्यो । लोकतन्त्रलाई जीवन्त राख्नका लागि संवाद अनिवार्य हुन्छ भन्ने कुरा बिपीले हामीलाई सिकाएर जानुभएको छ । बिपीले सिकाएका यस्ता संस्कारगत कुराहरुको अनुसरणमा हामी गम्भीर हुनुपर्दछ भन्ने म ठान्दछु । 

अर्को कुरा, बिपी सधैँ सबैलाई आफ्नो विवेकको उच्चतम प्रयोग गर भनेर प्रेरित गर्नुहुन्थ्यो । ‘एक मुठी माटो छातीमा टाँसेर सोच, जे उत्तर आउँछ त्यही गर’ भन्नुहुन्थ्यो । उहाँले कहिले पनि मैले यस्तो सोचेको छु, त्यसै अनुसार गर भनेर निर्देशन दिनु भएन । कम्युनिष्टहरुले कार्यकर्तालाई ‘मेनिफेस्टो’ दिन्छन् । तर बिपीले आफ्नो विवेक प्रयोग गर्न प्रोत्साहन गर्नुभयो । यसको पछाडिको दर्शनलाई बुझेनौँ भने हामीले लोकतन्त्र पनि बुझ्दैनौँ, बिपीलाई पनि बुझ्न सक्दैनौँ । अब हामीले आफ्नो विवेकको प्रयोग गरेर वर्तमान अवस्थाको विश्लेषण गर्नसक्नु प¥यो, समस्याको पहिचान गर्नसक्नु प¥यो, समाधानका लागि साझा रणनीति बनाउन सक्नुप¥यो । यो बाटोमा हिँड्नका लागि हामीबीच जतिधेरै सहकार्य हुनसक्यो, त्यति छिटो हामीले बिग्रेको परिस्थितिलाई सम्हाल्न सक्दछौँ । मेरो प्रयत्न यसैतर्फ केन्द्रित छ, तर यसमा साथ त चाहिन्छ । 

बिपी कोइरालासँगका स्मरणहरु प्रशस्तै छन् । उहाँको स्मृति दिवसमा हामीले उहाँलाई सम्झने सम्मान व्यक्त गर्ने र उहाँको समाजवादी चिन्तनलाई नागरिक संस्कारका रुपमा स्थापित गर्नका लागि के गर्नुपर्छ, त्यो गर्नका लागि प्रतिबद्ध हुने हो । समाजवादी संस्कारसहितको समाजले मात्रै बिपीले परिकल्पना गरेको झैँ प्रजातान्त्रिक समाजवादको व्यावहारिक कार्यान्वयन सम्भव छ । यो गम्भीर विषय हो । आत्मनिर्भर गाउँ बनाउने, स्रोतसाधनको अत्यधिक सदुपयोग गर्ने, समाजवादी चरित्रको गाउँ बनाउने, ग्रामीण सभ्यता बोकेको समुदाय निर्माण गर्ने कुरा स्वयं समाजले मात्रै गर्न सक्छ । बिपीको समाजवादको सार पक्ष यही हो भनेर मैले बुझेको हुँ । 

उत्पादनको वृद्धिमा र न्यायपूर्ण वितरण प्रणालीमा पनि समाजका सदस्यहरुकै हस्तक्षेपकारी भूमिकाको खोजीले बिपीको समाजवादलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने लाग्छ । उत्पादन वृद्धिका लागि सीप र ज्ञान चाहिन्छ । अहिलेको ‘जेन–जी’ पुस्तालाई त एआईले नै दुवै कुरा एकैपटक सिकाउन सक्छ । यो ठूलो अवसर हाम्रा अगाडि छ । यो अवसरलाई हामीले गुमाउनु हुँदैन । ‘तरुणहरु तिमी जे आट्छौँ, त्यो गर्न सक्छौँ’ भन्नुहुन्थ्यो बिपी । तरुणहरुप्रति उहाँको यति ठूलो विश्वास थियो । अहिलेका तरुणहरुप्रति पनि त्यही विश्वास हो उहाँको । अहिलेका तरुणहरुलाई असल मार्गनिर्देश हामी गर्छौं । त्यसकारण आत्मबल बढाउनु प¥यो सबैले । 

उहाँले विद्यार्थीहरुलाई ‘सिर्जनाका स्रोत’ ठान्नुहुन्थ्यो । हाम्रो राजनीतिले त्यो वातावरण बनाउनुप¥यो । यी धेरै कुराहरु यस्ता छन्, जो हामीले गम्भीर भएर सोच्ने र दायित्व ठान्ने हो भने गर्न सकिन्छ । तर खै के कुराले हाम्रा साथीहरु यस्ता कुराहरुमा अलमल गरेको देख्दछु । अलमलिनु जरुरी नै छैन । बिपीलाई स्मरण गरौँ, इमान्दार प्रयत्न गरौँ हामी गर्न सक्छौँ । बिपीलाई स्मरण गर्दा हामीले यो आत्मविश्वास जगाउन सक्यौँ भने हामीले उहाँलाई सही रुपमा सम्झेको ठहर्छ, हैन भने एउटा औपचारिकता मात्र हुन्छ । लोकतन्त्र राजनीतिक पद्धति मात्रै हैन, यो जीवनशैली हो । त्यसकारण यसलाई संस्कारका रुपमा ग्रहण गर्ने हो । त्यसकारण बिपीलाई स्मरण गर्ने कुरालाई हामीले औपचारिकताका रुपमा मात्र नलिऔँ । यसलाई लोकतान्त्रिक चेतको जागरण गर्ने दिनका रुपमा लिन सकौँ । आज म सबै लोकतन्त्रवादी साथीहरुलाई यही आग्रह र अपिल गर्न चाहन्छु । बिपीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । (लेखक नेपाली कांग्रेसका वरिष्ठ नेता हुन्)


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP