काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्यमा प्रतितोला १ लाख ६५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।