Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

मेरो अधिकांश समय संसदीय गतिविधिमा बित्छ । म महिला तथा सामाजिक मामिला समितिको सदस्य छु । मैले भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छु । जिल्लाका जनताका विषयवस्तुलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ । सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा मेरो जोड छ ।

जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ । आफ्नो जिल्लाको समस्या सदनमा राखिन्छ । तर अत्यन्त कम कार्यान्वयन भइरहेको छ । बजेटको विषयमा प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट आएका सांसदको बीचमा विभेद हुने रहेछ । समानुपातिक सांसदभन्दा प्रत्यक्ष निर्वाचित सांसदलाई बढी प्राथमिकता दिएको देखिन्छ । तर यसरी विभेद गर्नु हुँदैन भन्ने मेरो जोड छ । समानुपातिक पद्धति भने पनि त्यो निर्वाचनबाटै आएको हो । 

संविधानको कार्यान्वयन आम रूपमा भइरहेको छ, तर जति कार्यान्वयन हुनुपर्ने हो त्यति भएको छैन । महिलाका हकमा संसद्मा ३३ प्रतिशत कार्यान्वयन भएको छ । संविधानबमोजिम दुईवटा आमनिर्वाचन सम्पन्न भएका छन् । सङ्घीयतासँग जोडिएका केही कानुन बनिसकेका छन्, केही बन्ने क्रममा छन् । तर सीमान्तकृत समुदायको हकमा संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन ।  आमाको नामबाट नागरिकता पाउने व्यवस्था नयाँ नागरिकता ऐनमा छ, जुन निकै सकारात्मक पक्ष हो । 

नेपालको निर्वाचन प्रणाली भड्किलो र बढी खर्चिलो छ । स्थानीय निकायका वडाध्यक्ष र पालिकाको निर्वाचन जित्न पनि करोड खर्च गर्नुपर्ने विकृति मौलाएको छ । यो रकम सामान्य व्यक्तिले जुटाउन समस्या हुन्छ । त्यसैले पनि नेतृत्वमा पुगेपछि निर्वाचनमा भएको खर्च उठाउन भ्रष्टाचार हुने सम्भावना बढी रहन्छ । अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा राज्यको पनि खर्च कम हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा देश विकासले पनि गति लिनुका साथै सुशासन कायम हुने मेरो विश्वास छ । 

Hardik health

सङ्घीयताले अहिले संवैधानिक मान्यता र व्यवस्थित गरेको छ । अहिलेको सङ्घीयता बढी खर्चिलो भयो भन्ने जनगुनासो छ । देशको आर्थिक अवस्थाअुनसार सङ्घीय संरचना बनाउनुपर्छ । सङ्घ र प्रदेशका सांसद र मन्त्रालयको सङ्ख्या घटाउनुपर्छ । जनतालाई बढीभन्दा बढी सहयोग गर्ने पहिलो ठाउँ भनेकै स्थानीय तह भएकाले त्यसलाई स्रोतसाधन र अधिकारसम्पन्न गराउनु पर्दछ । 

समानुपातिक-समावेशी व्यवस्था जसका लागि भनिएको थियो, उसले पाउन सकेको छैन । लक्षित समुदायले यो सुविधाको उपभोग गर्न पाएका छैनन् । संसद्मा समानुपातिकमा वरिष्ठ नेता बसेपछि उत्पीडित र सीमान्तकृत समुदायले कसरी पाउँछ ? म आदिवासी जनजातिको कोटाबाट सांसद भएकी हुँ, तर ममात्र भएर भएन । मजस्ता अरु समुदायको पनि प्रतिनिधित्व हुनुप¥यो । समानुपातिक अधिकार तल्लो समुदायले पाउन सकेका छैनन् । 

आदिवासी जनजातिको जनसङ्ख्याका आधारमा राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता हुनुपर्छ । संविधानअनुसार जनजातिलगायत अन्य समुदायले पनि अधिकार पाउन सकेका छैनन् । जनजातिको नीतिनिर्माण तहमा अर्थपूर्ण र नेतृत्वदायी भूमिकामा सहभागिता सुनिश्चित गर्नुपर्छ । आदिवासी/जनजातिको राज्यका केही निकायमा सहभागिता छ, तर अर्थपूर्ण सहभागिता भएको छैन । सहभागिताले मात्र हुँदैन, अर्थपूर्ण सहभागिता हुनुपर्छ । अहिलेको सरकार समावेशी छैन । यसअघिका सरकारले पनि जनजातिलाई राज्यमन्त्रीमा सीमित गरेका छन् । यद्यपि, हामी जनजातिले पार्टीभित्र पनि आवाज उठाइरहेका छौँ । संसद्, सडक र पार्टीभित्र पनि आफ्नो आवाज उठाउने काम भने भइरहेको छ । 

महिलाको दृष्टिकोणबाट हेर्दा संविधान अपूर्ण छ । हामी महिला आधा आकाश हो । हामीले संसद्मा ३३ प्रतिशतमात्र मागेको होइन । हाम्रो माग महिलाको जनसङ्ख्याका आधारमा राज्यका सबै संरचनामा सहभागिता हुनुपर्छ भन्ने हो । अहिले संसद्मा ३३ प्रतिशतमात्र छ । सरकारमा त्यही ३३ प्रतिशत पनि छैन ।   न्यायपालिकामा पनि महिलाको कमजोर उपस्थिति छ भने संवैधानिक निकायमा सहभागिता नै छैन भन्दा हुन्छ । त्यसैले यी सबै विषयलाई संविधानमा उल्लेख गर्नुपर्छ र कार्यान्वयन पनि गर्नुपर्छ । सेना र प्रहरीमा पनि महिलाको सहभागिता कमजोर देखिन्छ । स्थानीय तहमा महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएको छ । सातै प्रदेशको अवस्था हेर्दा महिला सहभागिताको अवस्था सन्तोष गर्ने किसिमको छैन ।
 
राजनीतिक दलहरूले ३३ प्रतिशत महिलालाई निर्वाचनमा टिकट दिएकै छैनन् । राजनीतिक पार्टीको नेतृत्व तहमा महिला सहभागिता छैन । दलहरूले महिलालाई अगाडि बढाउन सकेको खण्डमा राज्यसंरचनाका प्रमुख पदमा महिला सहभागिता बढेर जानेछ । यदि पार्टीले नै स्थान दिएनन् भने कसरी राज्य  संरचनामा महिलाको सहभागिता हुन्छ ? महिलालाई प्रत्यक्ष निर्वाचनका लागि बढीभन्दा बढी टिकट दिनुपर्छ । त्यसका लागि सबै पार्टीले आफ्नो विधान संशोधन गर्नुपर्छ । महिला–महिलाबीच प्रतिस्पर्धा हुनेगरी महिलाका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्छ । 

नेपालमा पर्याप्त मात्रामा रोजगारीको व्यवस्था छैन । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भनेर सहर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । सहर हुँदै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा पलायन रोक्न शिक्षा क्षेत्रमा सुधार गरी प्रविधिमैत्री र रोजगार केन्द्रित शिक्षा दिनुपर्छ । अहिले राजनीतिक दलका नेताका छोराछोरी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सरकारी विद्यालयमा सर्वसाधारण जनताका छोराछोरीमात्र छन् । सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएका छन् । शिक्षकहरू राजनीतिक  पार्टीमा आबद्ध भएर राजनीति गरिरहेका छन् । यो अन्त्य हुन जरुरी छ । युवाको विदेश पलायन रोक्न नेपालको शिक्षा क्षेत्रमा सुधार गर्दै व्यावहारिक र गुणस्तरीय शिक्षा दिनुपर्छ । सरकारले रोजगारीमा लगानी गर्नुपर्छ । देशभित्र रोजगारी नभएपछि विदेश जानु नेपाली युवाको बाध्यता हो ।

 नेपालको भोजपुर, धनकुटा, खोटाङ र उदयपुर जिल्ला भोजपुरसँग जोडिएका छन् । यी जिल्लामा भौगोलिक रूपमा पानीको मुहान कम छ । पानी नभएपछि उत्पादन कम हुन्छ, तर त्यहाँको प्राकृतिक रूपमा उत्पादन गर्न सकिने बाली केके छन् अध्ययन गरी सोहीअनुसार राज्यले लगानी गर्नुपर्छ । सरकारले त्यहीअनुरुपको नीति बनाएर बजेट विनियोजन गर्नुपर्छ ।
 

सांसद माया राईको परिचय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य माया राई अहिले प्रतिनिधिसभामा सांसद हुनुहुन्छ । उहाँ सङ्घीय संसद्मा कोशी प्रदेश भोजपुरबाट आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्नुहुन्छ । यो सांसद राईसँग राससका समाचारदाता सुशील दर्नालले संसदीय गतिविधि, संविधान कार्यान्वयन, संशोधन, महिला र आदिवासी जनजातिको अधिकार, युवा विदेश पलायनलगायत मुलुकको समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश हो ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP