Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • रंगीबिरंगी फूलले सजिएको ढोरपाटन
रंगीबिरंगी फूलले सजिएको ढोरपाटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

गलकोट- शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रंगिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।

बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रंगीबिरंगी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रंगीबिरंगी  फूल रहेको छ ।

स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताए । “बर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडकयात्रा बिर्साउने गर्दछ, यस्तो बर्खामा समेत आफ्नो घरबासमा पाहुनाको कमी छैन, पछिल्लो दुई हप्तायता मौसममा सुधार भएसँगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु”, घर्तीले भने, “यहाँको मुख्य विशेषता भनेको रंगीबिरंगी फूल हो, पदयात्रा गर्न सक्नेहरू चार हजारभन्दा माथिको उचाइ बुकीपाटनमा पुग्छन् भने पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसँगै घोडा सफारीमा रमाउने गरेका छन् ।”

Hardik health

पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायीसमेत उत्साहित छन् । पच्चीस जना क्षमता रहेको घरबास यो बर्खामा समेत भरिएर पाहुना अन्य होटल तथा घरबासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौँबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।

कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेका काठमाडौँबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए । यहाँ फल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरिका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।

राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकिपाटनसमेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्यता वयान गरेर नसक्ने बताए । बुर्तिबाङबाट ढोरपाटनसम्मको झण्डै ३० किमी सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुने उनको भनाइ छ ।  राजवंशीले कष्टकरयात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताए ।
 
“टिकटकमा अहिले निकै सुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रामार्फत बुटीपाटन गएको, भेडाका बथानसँगै सयौँ थरि फूलहरूको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसँगै काडमाडौँबाट ढोरपाटन आएँ”, राजवंशीले भने, “यो बर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफूसँग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठ निर्माणले यात्रालाई केही सहज बनाएको पाएँ ।”

ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ । 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP