काठमाडौं - साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ ।
हिजाे ३०० ले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य अाज तोलामा २०० ले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजाबी सुनकाे मूल्यमा प्रतिताेला १ लाख ६५ हजार ४० रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य तोलामा २ हजार२६५ रुपैयाँ कायम भएको थियाे ।