काठमाडौं - नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ ।
हिजाे १३ सयले घटेर सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य अाज तोलामा ३०० ले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजाबी सुनकाे मूल्यमा २५५ले बढेर प्रतिताेला १ लाख ६४ हजार ८६५मा काराेबार भइरहेकाे छ ।हिजाे तेजाबी सुनकाे मूल्य १ लाख ६४ हजार ६१०रुपैयाँमा काराेबार भइरहेकाे थियाे ।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य तोलामा २ हजार २६० रुपैयाँ कायम भएको थियाे ।