Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनमा दुई प्रतिशत विलासिता कर आजदेखि
विलासिता कर नउठाउन छाता संगठनको अपिल सुनमा दुई प्रतिशत विलासिता कर आजदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०८२

काठमाडाैं -  बिहीबारदेखि सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को बजेटले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा–पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । बिहीबारदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै सुनको कारोबारमा विलासिता कर लाग्ने भएको हो । तर, व्यवसायीहरूले भने यो व्यवस्थाको अवज्ञा गर्ने सार्वजनिक घोषणा गरेका छन् । 

बजेटको व्यवस्थाअनुसार अब उपभोक्ताले सुन खरिदमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्नेछ । उपभोक्ताबाट उठाएको विलासिता कर व्यवसायीले कर कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ । संसद्ले पास गरेको आर्थिक ऐनमै व्यवस्था भएकाले यो व्यवस्था बिहीबारबाट स्वत: लागू हुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद घिमिरेले सैद्धान्तिक हिसाबले १ साउनबाट सुनको कारोबारमा २ प्रतिशत विलासी कर र हीरामा भ्याट लाग्ने बताए । तर, व्यवसायीहरूले भने करका विषयमा सरकार र महासंघबिच वार्ता जारी रहेको तथा अध्ययन समितिसमेत गठन भएको सन्दर्भमा तत्काल यो व्यवस्था लागू नगर्ने घोषणा गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक अपिल गर्दै ‘तत्कालका लागि आफ्ना व्यवसाय भ्याटमा दर्ता नगर्न, विलासिता कर नउठाउन र साबिक व्यवस्थाअनुसार ढुक्कसाथ व्यवसाय सञ्चालन गर्न’ भन्दै आह्वान गरेका छन् । नयाँ व्यवस्थाले उपभोक्तालाई दोहोरो–तेहरो मार पर्ने तथा व्यवसायसमेत नराम्ररी प्रभावित हुने भन्दै व्यवसायीले तीव्र विरोध गरे । सांसदहरूले समेत सुनमा लगाइएको कर फिर्ता लिनुपर्ने माग गरे । 

Hardik health

सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरू र सभामुखसम्मलाई भेटेर विलासी कर र भ्याट हटाउन माग गरे । व्यवसायी सटर बन्द गरेर सडक आन्दोलनमा आएपछि सरकारले वार्तामा बोलायो । सरकार र आन्दोलनरत पक्षबिच ‘विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने’सहित ६ बुँदे सहमति भयो । सहमतिपछि व्यवसायीले आन्दोलन रोकेर पसल खोले । तर, बजेटको उक्त व्यवस्था संशोधन नभएको तथा सरकारले अर्को निर्णय नगरिसकेको सन्दर्भमा कर र भ्याट लागू हुने देखिन्छ । 

कर तिर्न असमर्थ रहेको भन्दै राजस्व विभागलाई महासंघको पत्र 
सुनचाँदी तथा रत्न आभूषणसँग सम्बन्धित दुई महासंघले आन्तरिक राजस्व विभागका महानिर्देशकलाई संयुक्त पत्र लेख्दै विलासी कर र भ्याट लगाउने व्यवस्था कार्यान्वयनका लागि दबाब नदिन आग्रह गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्यले हस्ताक्षर गरेर पठाएको पत्रमा कर र भ्याट दिन व्यवसायी असमर्थ रहेको जानकारी गराइएको छ । 

‘नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न आभूषण महासंघमा आबद्ध सदस्य संघ, जिल्ला र नगर संघहरूलाई आर्थिक ऐन–२०८२ को दफा–१७ बमोजिम सुनका गरगहना कारोबार गर्ने व्यक्तिले जारी गर्नुपर्ने कर बिल–बिजकी नमुना पठाई कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध भई आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘यस विषयमा सरकारबाट वार्ताका लागि आह्वान भएअनुरूप आन्दोलनरत पक्ष र सरकारबिच भएको पाँचबुँदे सहमतिलाई कार्यान्वयन प्रक्रियामा लानका लागि कार्यदल गठन भएको अवगत छ, उक्त कार्यदलको आफ्नो कार्य सर्तमा विलासिता कर र भ्याटको पुनरावलोकन नै मुख्य विषय हुन् । तसर्थ, कार्यदलले विलासिता कर र भ्याट कार्यान्वयनमा सहयोग गर्न सम्बद्ध व्यवसायी असमर्थ रहेको जानकारी गराउँदछौँ ।’


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर शुक्रबार, पुस ११, २०८२
शुक्रबार बढ्याे सुनकाे मूल्य
शुक्रबार बढ्याे सुनकाे मूल्य शुक्रबार, पुस ११, २०८२
सुनकाे मूल्यमा सामान्य वृद्धि 
सुनकाे मूल्यमा सामान्य वृद्धि  बिहीबार, पुस १०, २०८२
यस्तो छ विदेशी मुद्राको विनिमयदर
यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १०, २०८२
हाल सम्मकै उच्च सुनचाँदीको मूल्य
हाल सम्मकै उच्च सुनचाँदीको मूल्य बुधबार, पुस ९, २०८२
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर बुधबार, पुस ९, २०८२
सुनको मूल्यमा भारी वृद्धि
सुनको मूल्यमा भारी वृद्धि मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP