Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनमा दुई प्रतिशत विलासिता कर आजदेखि
विलासिता कर नउठाउन छाता संगठनको अपिल सुनमा दुई प्रतिशत विलासिता कर आजदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०८२

काठमाडाैं -  बिहीबारदेखि सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को बजेटले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा–पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । बिहीबारदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै सुनको कारोबारमा विलासिता कर लाग्ने भएको हो । तर, व्यवसायीहरूले भने यो व्यवस्थाको अवज्ञा गर्ने सार्वजनिक घोषणा गरेका छन् । 

बजेटको व्यवस्थाअनुसार अब उपभोक्ताले सुन खरिदमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्नेछ । उपभोक्ताबाट उठाएको विलासिता कर व्यवसायीले कर कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ । संसद्ले पास गरेको आर्थिक ऐनमै व्यवस्था भएकाले यो व्यवस्था बिहीबारबाट स्वत: लागू हुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद घिमिरेले सैद्धान्तिक हिसाबले १ साउनबाट सुनको कारोबारमा २ प्रतिशत विलासी कर र हीरामा भ्याट लाग्ने बताए । तर, व्यवसायीहरूले भने करका विषयमा सरकार र महासंघबिच वार्ता जारी रहेको तथा अध्ययन समितिसमेत गठन भएको सन्दर्भमा तत्काल यो व्यवस्था लागू नगर्ने घोषणा गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक अपिल गर्दै ‘तत्कालका लागि आफ्ना व्यवसाय भ्याटमा दर्ता नगर्न, विलासिता कर नउठाउन र साबिक व्यवस्थाअनुसार ढुक्कसाथ व्यवसाय सञ्चालन गर्न’ भन्दै आह्वान गरेका छन् । नयाँ व्यवस्थाले उपभोक्तालाई दोहोरो–तेहरो मार पर्ने तथा व्यवसायसमेत नराम्ररी प्रभावित हुने भन्दै व्यवसायीले तीव्र विरोध गरे । सांसदहरूले समेत सुनमा लगाइएको कर फिर्ता लिनुपर्ने माग गरे । 

Sonam Lhosar
Hardik health

सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरू र सभामुखसम्मलाई भेटेर विलासी कर र भ्याट हटाउन माग गरे । व्यवसायी सटर बन्द गरेर सडक आन्दोलनमा आएपछि सरकारले वार्तामा बोलायो । सरकार र आन्दोलनरत पक्षबिच ‘विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने’सहित ६ बुँदे सहमति भयो । सहमतिपछि व्यवसायीले आन्दोलन रोकेर पसल खोले । तर, बजेटको उक्त व्यवस्था संशोधन नभएको तथा सरकारले अर्को निर्णय नगरिसकेको सन्दर्भमा कर र भ्याट लागू हुने देखिन्छ । 

कर तिर्न असमर्थ रहेको भन्दै राजस्व विभागलाई महासंघको पत्र 
सुनचाँदी तथा रत्न आभूषणसँग सम्बन्धित दुई महासंघले आन्तरिक राजस्व विभागका महानिर्देशकलाई संयुक्त पत्र लेख्दै विलासी कर र भ्याट लगाउने व्यवस्था कार्यान्वयनका लागि दबाब नदिन आग्रह गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्यले हस्ताक्षर गरेर पठाएको पत्रमा कर र भ्याट दिन व्यवसायी असमर्थ रहेको जानकारी गराइएको छ । 

‘नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न आभूषण महासंघमा आबद्ध सदस्य संघ, जिल्ला र नगर संघहरूलाई आर्थिक ऐन–२०८२ को दफा–१७ बमोजिम सुनका गरगहना कारोबार गर्ने व्यक्तिले जारी गर्नुपर्ने कर बिल–बिजकी नमुना पठाई कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध भई आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘यस विषयमा सरकारबाट वार्ताका लागि आह्वान भएअनुरूप आन्दोलनरत पक्ष र सरकारबिच भएको पाँचबुँदे सहमतिलाई कार्यान्वयन प्रक्रियामा लानका लागि कार्यदल गठन भएको अवगत छ, उक्त कार्यदलको आफ्नो कार्य सर्तमा विलासिता कर र भ्याटको पुनरावलोकन नै मुख्य विषय हुन् । तसर्थ, कार्यदलले विलासिता कर र भ्याट कार्यान्वयनमा सहयोग गर्न सम्बद्ध व्यवसायी असमर्थ रहेको जानकारी गराउँदछौँ ।’


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डलरकाे भाउ बढेसँगै सुन पनि बढ्याे
डलरकाे भाउ बढेसँगै सुन पनि बढ्याे आइतबार, माघ ४, २०८२
अमेरिकी डलरको मूल्य बढ्यो
अमेरिकी डलरको मूल्य बढ्यो आइतबार, माघ ४, २०८२
आजका विदेशी मुद्राको विनिमयदर
आजका विदेशी मुद्राको विनिमयदर शुक्रबार, माघ २, २०८२
सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि शुक्रबार, माघ २, २०८२
सुनचाँदीको मूल्य घट्याे
सुनचाँदीको मूल्य घट्याे बिहीबार, माघ १, २०८२
सामान्यले बढ्याे सुनचाँदीकाे मूल्य
सामान्यले बढ्याे सुनचाँदीकाे मूल्य बुधबार, पुस ३०, २०८२
बढ्याे अमेरिकी डलर
बढ्याे अमेरिकी डलर बुधबार, पुस ३०, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP