काठमाडौं - नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ ।
हिजाे सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेकोमा बुधबार १३ सयले घटेर सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ६४ हजार ६१० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार २६० रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियाे ।