Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्रोएसियामा कार्यरत आप्रवासी श्रमिकमा सबैभन्दा धेरै नेपाली नागरिक
क्रोएसियामा कार्यरत आप्रवासी श्रमिकमा सबैभन्दा धेरै नेपाली नागरिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२

 

  • कूल ९९ हजार ११८ आप्रवासी श्रमिकमध्ये १९ हजार २०७ जना नेपाली
  • अधिकांश व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया गएको तथ्यांक
  • क्रोएसियामा रोजगारीका लागि जाने संख्या बर्सेनि बढ्दै

काठमाडौं– क्रोएसियामा आप्रवासी श्रमिकको रुपमा सबैभन्दा धेरै नेपाली नागरिक कार्यरत रहेको पाइएको छ । त्यहाँको आन्तरिक मन्त्रालय (एमयुपी)को नयाँ तथ्यांकमा विभिन्न मुलुकका आप्रवासी श्रमिकहरुमध्ये सबैभन्दा बढी नेपाली नागरिक रहेका पाइएको हो ।

क्रोएसियामा हाल विदेशी कामदारको संख्या ९९ हजार ११८ रहेको जनाइएको छ । जसमध्ये सबैभन्दा धेरै १९ हजार २०७ जना नेपाली नागरिक छन् । दोस्रोमा बोस्निया र हर्जगोभिनाबाट १८ हजार ११७ र तेस्रोमा सर्बियाबाट १५ हजार २१४ जना श्रमिक त्यहाँ कार्यरत रहेका तथ्यांकमा उल्लेख छ । यी दुवै मुलुक क्रोएसियाका छिमेकी राष्ट्र हुन् । चौथोमा फिलिपिन्सका नौ हजार २८६ र पाँचौंमा भारतीय नागरिक नौ हजार ६० जना कार्यरत रहेको तथ्यांकमा देखिन्छ ।

त्यहाँ रहेका अधिकांश आप्रवासी श्रमिक पर्यटन र आतिथ्य क्षेत्रमा कार्यरत रहेको उल्लेख गरिएको छ । यस क्षेत्रमा ३५ हजार ५५८ विदेशी कामदारहरू छन् । पर्यटनपछि दोस्रो ठूलो रोजगारी त्यहाँको निर्माण क्षेत्रले सिर्जना गरेको छ । जहाँ २८ हजार ३५२ जना विदेशी श्रमिक कार्यरत छन् । त्यस्तै १२ हजार ४१६ जना श्रमिक विभिन्न औद्योगिक भूमिकाहरूमा काम गरिरहेका छन् । अन्य प्रमुख क्षेत्रहरूमध्ये जम्मा सात हजार ९० जना श्रमिक यातायात र सञ्चार र खुद्रा व्यवसायमा काम गर्छन् । जसमध्ये पाँच हजार ४५ जना विदेशी श्रमिक छन् । 

Hardik health

क्रोएसियामा सन् २०२५ को जनवरीदेखि जुनसम्मको छ महिनामा पहिलोपटक रोजगारीका लागि कूल ५५ हजार २० जनालाई कार्य अनुमतिपत्र जारी गरिएको थियो । यसका साथै थप ३१ हजार ५५७ अनुमतिपत्रहरू नवीकरण गरिएको र १२ हजार ५४१ अनुमतिपत्र मौसमी कामदारलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये अधिकांश श्रमिक पर्यटन र आतिथ्यता क्षेत्रमा छन् ।पर्यटन क्षेत्र विस्तार हुँदै गइरहेको र निर्माण उद्योग फस्टाउँदै गएकाले सन् २०२५ मा क्रोएसियाको आर्थिक अवस्थामा आप्रवासी श्रमिकले महत्वपूर्ण स्थान रहने जनाइएको छ ।

क्रोएसिया जाने नेपाली बर्सेनि बढ्दै 
क्रोएसिया पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी श्रमिक लैजाने युरोपेली मुलुक बनेको थियो, क्रोएसिया । उक्त आवमा १५ हजार ३६५ जना रोजगारीका लागि क्रोएसिया गएका वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

आव २०७६/७७ यता क्रोएसिया जानेको संख्या बर्सेनि बढेको पाइन्छ । त्यस वर्ष ६४६ जना व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया गएका थिए । त्यसपछि आव २०७७/७८ मा एक हजार ९४, २०७८/७९ मा पाँच हजार ३४४ र २०७९/८० मा सात हजार ४११ जना उक्त मुलुक गएको तथ्यांक छ । त्यसअघिका वर्षमा वैधानिक माध्यमबाट १० जनाभन्दा कम श्रमिक रोजगारीका लागि क्रोएसिया गएको पाइन्छ । त्यसताका खाडी मुलुक र मलेसिया नै प्रमुख रोजगार गन्तव्य थिए ।

म्यानपावरबाट भने आव २०७८/७९ बाट उक्त मुलुक पठाउन थालिएको थियो । उक्त आवमा एक हजार ४३७ जना पहिलोपटक संस्थागत माध्यमबाट क्रोएसिया गएका थिए । अहिले पनि त्यहाँ जाने अधिकांश श्रमिक व्यक्तिगत श्रम स्वीकृतिमै जाने गरेका छन् । दक्षिण एसियाली मुलुकहरुबाट जानेका लागि खाडी मुलुकको तुलनामा आकर्षक तलब, विदेशी कामदारको बढ्दो माग, वैधानिक श्रम सम्झौता, कानुनी प्रक्रिया पूरा गरेपछि अन्य युरोपेली मुलुकमा प्रवेश गर्न सहज हुनेजस्ता कारणले क्रोएसिया जानेहरुको संख्या बर्सेनि बढ्दै गएको जानकारहरु बताउँछन् ।
 

 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP