काठमाडौं - नेपाली बजारमा सुनकाे मूल्य एक हजारले बढेकाे छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनकाे मूल्य तोलामा १ लाख ६५ हजार २२५ रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार तेजावी सुनकाे मूल्य १ लाख ६४ हजार ४४० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ भएको थियाे ।