Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपाल–भारत सीमा व्यवस्थापन जरुरी
नेपाल–भारत सीमा व्यवस्थापन जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०७७
Hardik health
हाम्रो देश नेपालको उत्तरतर्फ सिमाना रहेको छिमेकी मुलुक चीनको हुवान प्रान्तबाट सुरु भएको बिश्वव्यापी महामारी रोग कोरोना भाइरस अर्थात् कोभिड–१९ विश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । वर्तमान समयमा विश्व कोरोना भाइरसबाट लडिरहेको बेला नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि अन्य मुलुकको तुलनामा संक्रमित संख्या कम रहे पनि यसबाट हामी पार पाइसकेको अवस्था भने होइन । बाह्य मुलुकबाट आएका संक्रमित व्यक्तिबाट सरेको यो रोग हाम्रा दुई छिमेकी मुलुक भारत र चीनबाट आएका संक्रमित व्यक्तिहरूका कारण पनि जोखिम बढेको छ । यद्यपि चीनको सिमानाबाट भन्दा दक्षिणतिर भीमकाय मुलुक भारत जहाँ १३० करोड जनसंख्या रहेको छ, उक्त मुलुकसँग हाम्रो देशको १, २, ३, ४, ५, ७ को सिमाना खुल्ला र अव्यवस्थित रहेको कारण जोखिम झन् बढ्दो छ । महाशक्ति राष्ट्रहरुलगायत युरोपेली राष्ट्रहरू पनि यस कोरोना भाइरससँगको लडाइँ सजिलै जित्न नसकिने भइयो भनेर हायल कायल अवस्थामा छन् । अमेरिकाले आफ्ना २ लाख नागरिकको ज्यान लिने अनुमान गरेको छ भने जापानले स्वास्थ्य आपत्कालको घोषणा गरेको छ । यस महामारीले ठूलो संख्यामा मानिस संक्रमित मात्र बनाएको छैन, त्यही क्रममा ज्यान पनि लिएको छ । संसार नै एक किसिमले अस्तव्यस्त छ । १ लाखभन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ । एउटा सुखद पाटो नेपालमा १६ जनामा मात्र कोरोना संक्रमण देखापरेको छ । साथै यसको निराशाजनक पक्ष भनेको संसारभरिका वैज्ञानिकहरु लागिपर्दा आजसम्म पनि यसको औषधि पत्ता नलाग्नु र हाम्रो छिमेकी भारतमा यो क्रमशः फैलिएकाले गर्दा पनि हो । खुल्ला सिमाना यथार्थमा अव्यवस्थित सिमानाका रूपमा रहेको छ । सीमा वारपार आवत्जावत गर्न दुवैतर्फका मानिसलाई रोकटोक परापूर्वकालदेखि नै छैन । रोटी र बेटीको सम्बन्ध भएका दुई मुलुक हाल विश्वव्यापीरुपमा फैलिएको रोग र खुल्ला सिमाना अव्यवस्थित हुनु दुवै मुलुकका लागि चिन्ताको विषय बनेको छ । वर्षौँदेखि रहेको सिमाना विवाद नटुंगिने अहिले कालापानी, लिम्पियाधुरा, सुस्तालगायत क्षेत्र नेपालको भूगोल थियो भन्ने न्यारेटिभ बनाउनुको हामीसँग विकल्प छैन । ती क्षेत्रमा भारतीय सेनाले आफ्नो ब्यारेक बढाइरहँदा नेपाल सेना भने मौन थियो । वास्तवमै नेपाली सेनाको स्पष्ट न्यारेटिभ बन्न सकेन कि सेनाको मुख्य दायित्व के हो ? देशको सुरक्षा गर्ने भन्ने भनाइ रहे पनि कोबाट कस्तो अवस्थामा र कुन क्षेत्रफल जोगाउन हो भन्ने विषयमा स्पष्ट न्यारेटिभ नबनाएको नेपाली सेना काठमाडौंको भद्रकालीको सेनापतिको कार्यालय वरिपरि परेड खेल्न मै सिमित रह्यो । नत्र भने नेपाल एकीकरणदेखि सुगौली सन्धि हुँदै जंगे स्तम्भ गाड्दै सधैँ खुकुरी बोकेर जागा रहने नेपाली सेनाको नाक मुन्तिरबाट कालापानी क्षेत्र भारतले कसरी कब्जा गर्न सक्यो । त्यसको निरन्तरताका बीच पनि नेपाली सेना किन कहिल्यै बोलेन ? सेनाले बोल्दैन भन्ने न्यारेटिभ बनाएपछि के सजिलो भयो भने देशको भूगोल छिमेकीले कब्जा गरिरहँदा पनि तिनै हजारौँ सेनापतिलाई मानार्थ सेनापति मान्दै भोजभतेर आदान–प्रदान गर्न पाइयो । जनताको आन्तरिक र राजनीतिक मामिलामा नबोल्ने हो त देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुँदा आँखा चिम्लेर बस्ने कस्तो न्यारेटिभ बनाएको हो नेपाली सेनाले ? उसले अब त्यो बदल्नुपर्छ । नेपाल–भारत खुला सिमानाको समस्या बहुआयामिक छन् र व्यवस्थापन गर्ने उपाय पनि त्यति सजिला छैनन् । यो आंशिक रूपमा नियन्त्रित भए पनि यसको स्वभाव खुला नै हो । जहाँ लाखौँ लाख मानिस एकअर्काको सीमा वारपार गर्छन् र जसले एकअर्काका देशमा कुनै आधिकारिक प्रमाणबिना काम गर्छन्, त्यसलाई खुला नै भन्नुपर्छ । यो छिद्रित (पोरस) सिमाना होइन । तर, दुई राष्ट्रका पहिचानका लागि कतिपय पक्षमा भने खुलापनलाई सीमित गरिएको छ । नेपाल र भारतको सम्बन्ध अतुलनीय र विचित्रको छ । तर, आफ्नै परम्परा र सभ्यताले धनी भएकाले दुवैका पहिचान र सभ्यता पनि विशिष्ट छन् । भूगोल यस्तो सम्बन्धलाई निर्धारण गर्ने तन्तुका रूपमा सधैँ रहन्छ । यस्तो बहुआयामिक सम्बन्धलाई व्यवस्थापन गर्ने तरिका पनि दरिलो र भरिलो हुनुपर्छ । नेपाल–भारत सम्बन्धका सन्दर्भमा चीन स्वतः आउँछ किनभने नेपालको उत्तरी सीमा चीनसित मात्र जोडिएको छ । भारत पनि चीनसित जोडिएको र तिब्बतका कारण चीन–भारत सम्बन्ध बिग्रिएर सीमा युद्धसम्म पुगेको हो । तर, त्यसपछि दुवै देश लडाइँमा होमिएका छैनन् र अब त उनीहरू सहकार्य गर्दै प्रतिस्पर्धात्मक सम्बन्धमा पुगेका छन् । चीनको भारतसितको स्वार्थ आर्थिक र रणनीतिक दुवै छन् किनभने चीन भारतजस्तो व्यापारको सम्भावना भएको देशसित शत्रुतापूर्ण सम्बन्धमा रहिरहन सक्दैन, न त उसले भारतलाई उसविरुद्ध लाग्ने देशसित पूर्ण रूपले संलग्न भएको हेर्न चाहन्छ । आज चीन विश्वशक्ति राष्ट्र हुने आकांक्षा बोकेर हिँडेकाले उसले अमेरिकासित खास प्रतिस्पर्धा गर्छ र अन्य देशसित भने राम्रो सम्बन्ध कायम राख्ने कोसिस गर्छ । धेरैले सुरक्षा फौज बढाई नियन्त्रण गरे सीमा समस्या समाधान गर्न धेरै बल पुग्ने तर्क गर्छन् । त्यो एक पक्ष भए पनि अनेक मानवीय समस्या पनि छन्, जसको समाधान त्यति सजिलो छैन । खुला सीमालाई दसगजा अर्थात् नो म्यान्स ल्यान्डले अलग गरेको हुनुपर्ने हो । तर, आज धेरै ठाउँमा दसगजा पाउन गाह्रो छ किनभने खालि ठाउँ दुवैतिरका जनताको बसोवास गर्ने थलो भएको छ । यदि नेपाल र भारत सरकारले सम्पूर्ण सीमामा दसगजा कायम गर्ने हो भने त्यहाँका मानिसको बसोवास अन्यत्रै सार्नुपर्ने हुन्छ । यसका लागि आर्थिक, मनोवैज्ञानिक, राजनीतिक र राज्यशक्तिको आवश्यकता पर्छ । दुवै देशका सरकार यस कार्यप्रति प्रतिबद्ध भए सीमा कायम गर्न सकिन्छ । यो मानवीय समस्याका रूपमा आइसकेको छ र यसको समाधान भरसक मानवीय तरिकाबाटै हुन सक्दा राम्रो हुन्छ । भारतमा संक्रमणको संख्या बढनु स्वाभाविक पनि हो किनभने त्यहाँ जनसंख्याको आकार अत्यन्तै ठूलो छ । जसले गर्दा नेपाललाई जोखिम दिन प्रतिदिन बढ्दो छ । सीमा वारपार गर्न दुईतर्फ का मानिसलाई परिचय खुल्ने या तोकेका नाका सीमा चौकीबाट मात्र वारपार गर्ने व्यवस्था गरिनुपछ । तारबार ,पर्खालजस्ता कुनै छेक वार नभएको कारण जसले पनि जुनसुकै आली, कुलो, पैनीबाट ओहोरदोहोर गर्दै आएको सर्वविदित नै छ । यसरी दुई देशको सीमालाई अव्यवस्थित राखेर अनाधिकृत प्रवेश र आतंकवादी गतिविधि रोक्न कदापि सहयोग पुग्दैन । यस वास्तविकतालाई दुवै देशका सरकारले बुझ्नुपर्ने बेला आएको छ । हाल यो रोगको कारण दुवै मुलुकमा लकडाउन घोषण भएको छ । यहि कारण सीमा नाकाहरु बन्द गरिए तापनि लुकिछिपी नेपाली तथा भारतीय नागरिक आवत्जावत गर्दा यो रोगको संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा दुवै मुलुक गम्भीर भई खुल्ला सिमाना व्यवस्थित गर्न दीर्घकालीन सोचका साथ अगाडि बढनु पर्ने बेला आएको छ अन्यथा यस्तो खुल्ला सिमानाले आर्थिक लाभभन्दा मानवीय क्षति हुने पक्का छ । देश भनेको भूगोल मात्र होइन, जनता हुन् । यही कुरालाई सरकारले आत्मसात् गर्नुपर्छ । नेपाल सरकार कोरोना भाइरसको रोकथाममा सम्पूर्ण शक्तिका साथ लागेको छ । यसको फलस्वरुप हालसम्म कोरोनाका कारण १७ जनाभन्दा कम संक्रमण भएका ४९ वटा देशभित्र पनि सबैभन्दा धेरै टेस्ट गर्ने राष्ट्रका रुपमा हामी पर्न सफल भएका छौँ । खुल्ला सिमाना मुख्य चुनौति छ, सरकारले चाहेर मात्र सम्भव छैन, आमनागरिक सचेत हुनुपर्छ । सरकारले निर्देशित गरेका नियमहरु पालना गरी घरमै केही समय अझै बसौँ र यो महामारीबाट बच्न स्वयम सचेत बनौँ । अन्त्यमा सम्पूर्ण नेपालीहरु देश विदेशमा रहनुभएका सबैलाई नयाँ वर्ष ०७७ सालको मंगलमय शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP