Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यालाई रोक्न देउवाको दबाब
विद्यालाई रोक्न देउवाको दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २५, २०८२
  •  कांग्रेस नेता विमलेन्द्र निधिले यो विषय व्यवस्थामाथिकै प्रश्न भएकोले पार्टीले ‘नोटिस’मा लिनुपर्ने बताएका थिए
  •  एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि भण्डारीको सक्रियतामाथि उठाए थिए प्रश्न
  •  सानेपाको यही प्रश्न उठाउँदै कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई सोधे– साथीहरुले नोटिसमा राख्नुपर्छ भनेका छन् । आर्मी चिफ भइसकेको मान्छेलाई फेरि पार्टीको सदस्य दिने तपाईंले ?

काठमाडौं– मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगे । रसुवाको रसुवागढी नाकामा आएको भीषण बाढीबारे छलफल गर्न बसेको भनिएको बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए । नेकपा एमालेबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

उक्त बैठकमा ओलीले सुरुमै कांग्रेस केन्द्रीय समिति बैठकबारे चासो राखे । ‘केन्द्रीय समिति लामो चल्यो यसपटक, के–के आयो बैठकमा ?,’ ओलीले आफैं विषयप्रवेश गराए । ओलीले यसरी सोधिएको बैठकमा उपस्थित एमाले नेताहरु हेर्दा पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट ईश्वर पोखरेल थिएनन् । गठबन्धनको बैठकमा सधैंजसो ओलीको छेवैमा देखिने ईश्वरको ठाउँ यसपटक महासचिव शंकरले ओगटेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले ओली स्पेन उड्ने दिन असार १४ गते नै आफूले एमालेको सदस्यता लिएको बताएकी थिइन् । हुन त भण्डारीले २०८१ असारमै एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्केपछि आत्तिएका ओलीले आफूले सार्वजनिकरुपमा आलोचना गर्न सकेका छैनन् ।यद्यपि, कांग्रेस बैठकमा भण्डारीको ‘कमब्याक’बारे चर्चा भएको थियो । कांग्रेस नेता विमलेन्द्र निधिले यो विषय व्यवस्थामाथिकै प्रश्न भएकोले पार्टीले ‘नोटिस’मा लिनुपर्ने बताएका थिए । ‘रिटायर्ड राष्ट्रपति राजनीतिमा फर्किने कुराले एमालेलाई प्रभाव पर्ला । तर एउटा पार्टीको विषय होइन प्रणालीसँग सम्बन्धित विषय हो । हामीले ल्याएको प्रणालीमा विश्वास गर्छौं,’ निधिले भने, ‘समग्रमा राजनीतिक प्रणालीको विषयमा कांग्रेसले नोटिसमा लिने कि नलिने ?’

एकपटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि भण्डारीको सक्रियतामाथि प्रश्न उठाएका थिए । ‘राष्ट्रपति संस्थाको गरिमा उच्च ढंगले स्थापित गर्न सकिएको छैन । एक दशकपछि पूर्वराष्ट्रपति राजनीतिमा आएपछि यो विषयमा विधिवत्रूपमा डकुमेन्टमा बोल्नुपर्छ । यस पछाडिका विषयमा गाम्भीर्यता राख्नुपर्ने हुन्छ,’ शर्माले भनेका थिए, ‘देशले अभिभावकविहीनताको अनुभूति गर्न सक्छ । पूर्वराष्ट्रपतिलाई अभिभावक मान्नुपर्ने हुन्छ । हामीसँग राष्ट्रपति र प्रधानमन्त्रीका उम्मेदवारको अभाव छैन ।’

Hardik health

सायद यो विषय ओलीले कांग्रेस सभापति देउवाको मुखैबाट सुन्न चाहन्थे । देउवाले यही विषय जोड्दै ओलीलाई सोधे– साथीहरुले नोटिसमा राख्नुपर्छ भनेका छन् । आर्मी चिफ भइसकेको मान्छेलाई फेरि पार्टीको सदस्य दिने तपाईंले ?देउवासँगै पुगेका कांग्रेस उपसभापति खड्काले पनि यस विषयमा केन्द्रीय समितिमा उठेका विषय बेलिविस्तार लगाए । त्यसपछि ओलीले आफूले यो विषय रोक्नै नसकेको बताएका थिए । यद्यपि विद्याको कमब्याकबारे पार्टीमा विस्तृत छलफल हुन बाँकी रहेको ओलीको दाबी थियो ।

विद्यालाई रोक्नैपर्ने कांग्रेसको बाध्यता
नेपाली कांग्रेस जसरी पनि विद्यालाई एमालेको सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको देखिन्छ । यसमा कांग्रेसले देखाएको मूल कारण हो– प्रणालीमाथिको प्रहार रोक्नु । कांग्रेसका अनुसार संवैधानिक राष्ट्रपति उच्च पद हो । यसकारण ऊ फेरि सक्रिय राजनीतिमा फर्कन मिल्दैन । प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई कांग्रेसले यसको उदाहरणको रुपमा अघि सादै आएको छ । तर संविधानले राष्ट्रपतिलाई फेरि राजनीतिमा आउन भने रोक्दैन ।

अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी कांग्रेससँग झस्किएको छ । एमालेलाई साथ दिएयता दुई दल कांग्रेससँग टाढा हुन थालेको हो । ओली नेतृत्वको नेकपाकालमा यी दुई दलले कांग्रेस सभापति देउवालाई सानेपादेखि बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री बनिदिन अनुनय गरेका थिए । ओलीबाट पेलिएका उनीहरुले देउवालाई प्रधानमन्त्री बनाएरै छाडे । तर उनै देउवा अहिले ओलीसँग नजिकिएका छन् ।

यही वातावरणमा विद्यालाई कम्युनिस्ट एकताका लागि चीनकोसमेत सहयोग रहेको राजनीतिक क्षेत्रमा चर्चा छ । यसको मुख्य चाँजोपाँजो मिलाउन केही समयअघि विद्या चीन भ्रमणमासमेत पुगेकी थिइन् । नेकपाकालमा विद्याको नेतृत्वमा माओवादी र एकीकृत समाजवादी फेरि एमालेसँगै मिल्नेगरी उनको कमब्याक हुन लागेको चर्चा छ । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबारमात्र वाम एकताबारे भण्डारीसँग प्रस्ताव राखेका थिए । माओवादी केन्द्रले भने यसलाई तथ्यहीन भन्दै खण्डन गरेको छ । 

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सोमबार नै विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेका हुन् । ‘कतिपय सञ्चारमाध्यममा वाम एकताका लागि एमालेसमक्ष माओवादी प्रस्ताव शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ ।

हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं,’ सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओलीसहित बाम ध्रुवीकरणमा विद्याको नेतृत्व भए एकीकृत समाजवादी र माओवादी आउने बताइन्छ । यो एकता कांग्रेसका लागि खतरा हो । त्यसैले पनि कांग्रेसले जसरी पनि विद्यालाई सक्रिय राजनीतिमा रोक्न चाहन्छ ।
 


प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP