Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, भदौ १३, २०८२

 

लिङ्देनले ०८४ को चुनाव कसरी चुनाव जित्दारहेछन्, अब हेरौँला 
केपी शर्मा ओली
प्रधानमन्त्री

काठमाडौं- भारतको जयपुरमा तीजमा नृत्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन बुधबार साँझ काठमाडौं आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै थिए ।

त्यहाँ ओलीको निशानामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमात्रै परेनन्, लिङ्देन पनि परे । लिङ्देनलाई ओलीले चुनौती दिँदै भने-‘०८४ को चुनाव कसरी चुनाव जित्दारहेछन्, अब हेरौंला ।’ ओली र लिङ्देन दुवैको गृहजिल्ला झापा हो । ओली झापा-५ र लिङ्देन-३ नम्बर क्षेत्रबाट चुनाव लड्छन् । लिङ्देनले २०७४ र २०७९ को चुनाव जिते । त्यसअघि २०४८ र २०७० मा चुनाव हारे ।   ओलीले २०६४ को संविधानसभा चुनावमा माओवादीका विश्वद्विप लिङ्देनसँग चुनाव हारे । बाँकी २०४८ पछि जतिपटक चुनाव लडे, सबै जिते । यसबीचमा चुनाव क्षेत्र अदलबदल भए । उनै ओलीले लिङ्देनलाई चुनाव जितेको हेरौंला भनेर बुधबार त चुनौती पेस गरे ।

Hardik health

प्रधानमन्त्रीको तहबाट जुन अभिव्यक्ति आयो, त्यो आपत्तिजनक छ र असहिष्णु छ 
मोहन श्रेष्ठ
प्रवक्ता, राप्रपा

साँच्चिकै, के लिङ्देनले फेरि चुनाव जित्न सक्दैनन् ? चुनाव जित्नेगरिको जनमत उनीसँग छैन ? आमचुनाव आउन दुई वर्ष बढी छँदै बहस सिर्जना भएको छ । यसबारे चुनावी जनमतको विश्लेषण गर्नुअघि झापा-३ को विगतको चुनाव र जितबारे चर्चा गरौं ।  झापा-३ बाट लिङ्देनअघि चुनाव जित्ने हाल राष्ट्रियसभा सदस्य रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेमध्येका एक जना सूत्रधार सिटौला गणतन्त्रको प्रारम्भिककालमा चर्चित नेता थिए । उनलाई अहिले पनि कांग्रेसको भावी नेतृत्वको रूपमा हेर्ने गरिन्छ ।  उनै सिटौलासँग ओलीको राजनीतिक सम्बन्ध जहिल्यै तिक्ततापूर्ण रह्यो । जन्मथलो भने दुवैको पहाडी जिल्ला तेह्रथुमको आठराई हो । पछि झापा बसाइँ सरेर झरेका हुन् । उनीहरूले दुई फरक धारको राजनीति गरे । पछिल्ला चुनावहरूमा ओली र सिटौलाको लडाइँ भयो । राप्रपाका लिङ्देनलाई चुनावमा सघाएर ओलीले सिटौलालाई संसद् प्रवेशमा दुईपटक रोके । 

तर, झापा-३ मा विगतको चुनावी परिणामलाई आधार मान्दा तुलनात्मक रूपमा कांग्रेस बलियो शक्ति हो । एमाले दोस्रो र राप्रपा तेस्रो हैसियतमा छन् । एक्लै चुनाव जित्ने क्षमतामा एमाले छैन । त्यसो हुँदा ओलीले २०७४ र २०७९ को चुनावमा लिङ्देनलाई चुनावी समर्थन गरे । २०७४ मा ओलीको दल एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको समर्थन लिङ्देनलाई थियो । त्यसबेला उनी राप्रपाको एक्ला सांसद भए । २०७९ मा पनि उनलाई एमालेको समर्थन रह्यो । कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको गठबन्धन थियो । त्यसबेला झापा–३, रुपन्देही–३ लगायत देशका विभिन्न चुनाव क्षेत्रमा एमाले-राप्रपा चुनावी गठबन्धन थियो । कमल थापाको दल राप्रपा नेपाल पनि गठबन्धनमै थियो । 

यसरी एमालेसँगको चुनावी गठबन्धनको जगमा लिङ्देनको दोस्रोपटक संसद् प्रवेश सम्भव भयो । तर, ओलीका पछिल्ला अभिव्यक्तिले अब लिङ्देनलाई संसद् पुर्याउन एमालेले टेको नदिने संकेत गरेको छ । यसअघि नै उनले लिङ्देनको चुनाव क्षेत्रमा पर्ने बाह्रदशी गाउँपालिकामा पार्टी सचिव छविलाल विश्वकर्मालाई पठाए । त्यहाँ सचिव विश्वकर्माले पार्टीपंक्तिलाई निर्देशन दिए-एक्लै चुनाव लड्नेगरी तयारी थाल्नू ।’ विगतमा कांग्रेसका सिटौलालाई छेकेका ओली यतिबेला भने कांग्रेससँगकै गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । उनको दाबी सत्य साबित भए आगामी चुनावसम्मै अहिलेको गठबन्धन जान्छ । 

झापा नै घर भएका राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल त्यस्तोबेला ओलीका लागि झापा-३ मा दुई विकल्प रहन्छन् । पहिलो-गठबन्धनअनुसार सिटौलालाई समर्थन गर्ने । दोस्रो, एक्लाएक्लै चुनाव लड्ने । विगतमा एक्लाएक्लै चुनाव लड्दा सिटौलाले चुनाव जित्थे । दुईमध्ये एक विकल्प प्रयोग भए लिङ्देनको जितमा ब्रेक लाग्न सक्ने बराल बताउँछन् । तर, ओलीको यस्तो चुनौतीपूर्ण अभिव्यक्तिलाई लिएर राप्रपा रुष्ट छ । प्रवक्ता मोहन श्रेष्ठ ओलीको अभिव्यक्ति ‘असहिष्णु’ भएको बताउँछन् । ‘प्रधानमन्त्रीको तहबाट जुन अभिव्यक्ति आयो, त्यो आपत्तिजनक छ र असहिष्णु छ,’ श्रेष्ठले भने । उनले राप्रपाले सहयोग गरेको ओलीले बिर्सिन नहुने बताए ।  २०७९ मा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा झापा-५ मा ओलीको दल एमाले सबैभन्दा बलियो छ । वडागत मतका आधारमा एमाले ४१ हजार ६ सय १९ मतसहित पहिलो छ । कांग्रेस २२ हजार २२ मतसहित दोस्रो छ । माओवादीको १० हजार ७ सय ८८ मत, राप्रपाको ८ हजार ३ सय ५३ मत र एकीकृत समाजवादीको १ हजार ९ सय ८८ मत थियो । प्रमुख प्रतिस्पर्धी कांग्रेसभन्दा एमाले झण्डै दोब्बर मतले अघि छ । त्यसो हुनाले ओलीको जितमा राप्रपाको सामान्य भरथेग देखिएको छ । 

उता झापा–३ मा भएको लिङ्देनको जितमा एमाले निर्णायक मात्रै होइन, जिताउने मूल शक्ति नै थियो । २०७९ कै स्थानीय तहको मतलाई हेर्दा त्यहाँ कांग्रेस २५ हजार ९४९ मतसहित पहिलो हो । राप्रपा र एमाले जनमतको आधारमा समान हैसियतम छन् । राप्रपाको २१ हजार १५९ मत र एमालेको पनि २१ हजार ०८५ मत हो । माओवादी केन्द्रको ६ हजार ६८८ र नेकपा समाजवादीको ५३७ मत हो ।  चुनावको परिणाममा प्रकट भएको जनमतले शक्तिशाली कांग्रेसका नेता सिटौलालाई बारम्बार दुईपटक पराजित गर्दै लिङ्देन संसद् आउनुमा एमालेको भूमिका अहम् देखिएको छ । त्यही भएर ओलीले आगामी आम चुनाव जितेर देखाउन लिङ्देनमाथि मनोवैज्ञानिक दबाब बढाएको देखिएको छ ।

हाल लिङ्देनको दल राप्रपा प्रतिपक्षमा छ । सत्तापक्षीय दल एमालेका अध्यक्ष ओली सरकारको नेतृत्वमा छन् । उनलाई लिङ्देनले भ्रष्टाचारीको संरक्षक भन्ने गरेका छन् । उनका वरिपरिका मानिसहरूले प्रधानमन्त्रीले गर्ने नियुक्तिहरूमा करोड करोड अफर गरिरहेको लिङ्देनको आरोप थियो । ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै लिङ्देनले २०७८ मा नेताहरू गाउँ गए चोर आए भन्छन् भन्दै आरोप लगाएका थिए । त्यसबेला पनि ओली लिङ्देनप्रति आक्रोशित भएका थिए ।

यद्यपि, ओली र लिङ्देन दुवै सुशासनको मीठा नारा घन्काउने नेता हुन् । ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ र ‘म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने ओलीको नारा हो । लिङ्देन चाहिँ ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह हो’ भन्छन् । सुशासनको हिमायती भन्न रुचाउने दुवै यतिबेला आमनेसामने भएका छन् । सडक र संसद्देखि राप्रपाले सरकारको विरोध गरिरहेको छ । यसप्रति ओली असन्तुष्ट छन् । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP