Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपालको अर्थतन्त्र र शासन व्यवस्थामा कोरोनाको प्रभाव
नेपालको अर्थतन्त्र र शासन व्यवस्थामा कोरोनाको प्रभाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३, २०७७
1 Shreedhar
Hardik health
नोबल कोरोना भाइरस अर्थात् कोभिड–१९ अहिले विश्वभर साझा समस्या, चासो र महासंकटको विषय बन्दै छ । अहिले नेपाल र समग्र विश्वले कोरोना भाइरसको महामारीका कारण बिकराल परिस्थिति सामना गर्नु परिरहेकोछ । यो के–कसरी फैलँदै छ र यसले हामीलाई कसरी गाँज्नेछ अर्थात् प्रभाव कस्तो पार्नेछ अनुमान गर्न कठिन छ । संक्रमण दर र मृत्यु दरको बढ्दो क्रमले विश्वका सबैजसो मुलुक लकडाउनमा गएका छन् । यो महामारीले अर्थतन्त्रमा आउने मन्दीभन्दा पनि आममानिसको जीवन रक्षा कसरी गर्न सकिन्छ ? भन्ने चासो हुन थालेको छ । नेपालभन्दा विकास र प्रविधिले अब्बल ठहरिएका युरोप र अमेरिकामा पनि यो समस्यासँग जुध्ने सामथ्र्यता देखिएको छैन । चीन, कोरियाले गरेको प्रयास र नियन्त्रण आफैँमा प्रशंसनीय छ । ती मुलुकहरुले गरेको प्रयास र पद्धति हाम्रो देशमा लागू गर्न सक्ने अबस्थामा छैनौँ अर्थात् कुनै पनि आर्थिक, प्राविधिक र व्यवस्थापकीय पक्षबाट समर्थ छैनौँ । अहिलेको अवस्थालाई सम्बोधन गर्न हाम्रो मौजुदा जनशक्ति र स्वास्थ्य उपकरण तथा सामग्री पर्याप्त हुने देखिँदैन । यस्तो अवस्थामा इटली, अमेरिका, स्पेनमा जस्तै संक्रमण र मृत्युदर बढ्दै जाने हो भने हाम्रो अवस्था के होला ? जुन कल्पनाभन्दा बाहिर छ । यस महामारीको प्रकोप कति लामो समयसम्म रहन्छ र कस्तो प्रभाव पर्छ ? भन्ने कुराको पूर्वानुमान गर्न त नसकिएला तथापि अहिलेसम्मको अवस्थालाई मध्येनजर गरी केही विश्लेषण चाहिँ अवश्य गर्न सकिन्छ । यस महामारीले विश्व अर्थतन्त्रमै दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो महामन्दी आउने संकेत देखा पर्दै छ । उत्पादन र रोजगारी घट्ने छ भने विश्वका अति विकसित राष्ट्रहरु कमजोर हुने छन् । निर्यातजन्य उद्योग व्यापारबाट सम्पन्न राष्ट्रहरु यसबाट प्रत्यक्ष प्रभावित हुनेछन । वायु सेवा, बैंक तथा वित्तीय संस्था, उद्योग कलकारखाना, अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान, सेवा तथा वस्तु व्यापार, व्यवसाय बन्द हुने अवस्था आउनेछ । करिब मासिक एक खर्ब बरावरको व्यापार घाटा र करिब एक खर्ब रेमिट्यान्स् भित्रिने हाम्रो मुलुकमा यसको प्रभाव कस्तो होला ? आयातित सामानबाट उठ्ने राजस्व र त्यस्ता सामानमाथि निर्भर अर्थतन्त्र र उपभोगमुखी प्रवृत्ति भएको हाम्रो देशमा तत्कालका लागि आमसर्बसाधारणको दैनिकीमा कठिनाइ भए पनि वास्तविक अर्थतन्त्रमा खासै दख्खल पुग्ने छैन । अहिलेको परिस्थितिले स्वाधीन र आत्मनिर्भर बन्न योगदान पु¥याउन सक्छ, यदि हामी चुनौतीको सामना गर्दै अवसरलाई नेपालको माटो सुहाउँदो कृषिलगायत उत्पादनसँग जोड्न सक्यौँ भने । नेपालले भर्खर मात्रै संघीय शासन प्रणालीको अबलम्वन गरेको छ । राज्य शक्तिको प्रयोग तीन तहका सरकारबाट हुने गरी संवैधानिक व्यवस्था गरिएको छ । संघ, ७ प्रदेश र ७५३ स्थानीय तह गरी ७६१ सरकार संघीयताको अभ्यासमा छन् । लोकतान्त्रिक पद्धतिको उच्चतम शासन व्यवस्थाको रुपमा संघीय शासन प्रणालीलाई लिने गरिन्छ । संघीयताले मात्र शासन प्रणालीमा जनताको सहभागिता र अभ्यासलाई वास्तविक रूपमा संस्थागत गर्छ भन्ने विश्वास गरिन्छ । यसबाट नीति तथा योजना तर्जुमा, कार्यान्वयन र लाभको बाँडफाँडमा गुणस्तरीयता र प्रभावकारिता आउने अपेक्षा गरिएको थियो । तर संघीयताको अभ्यास हुन थालेको दुई वर्षमै जनताको आशा र अपेक्षा पूरा हुने छाटकाँट नै देखिँदैन । यथार्थमा भन्दा अहिलेका राजनीतिक दलको वास्तविक चाहना संघीयता थिएन । यसर्थ जुन मूल्य स्थापनाका लागि कुनै भूमिका थिएन, त्यसलाई संस्थागत गर्ने इच्छा शक्ति र लगाव नहुनुलाई स्वभाविक नै मान्न सकिन्छ । केन्द्रिकृत मानसिकता भएका राजनीतिक दल र प्रशासनिक तहको नेतृत्वबाट संघीयता बलियो बनाउने प्रयास भएको देखिएन । प्रदेश र स्थानीय तहका सरकारका गतिविधि हिजोको एकात्मक र केन्द्रिकृत सरकारमा विकृति र विसंगतिको पृष्ठपोषण बन्न पुगेको भान हुन्छ । सेवा सुविधाको तीव्र आकांक्षा र भ्रष्टाचारले थलिन पुगेका छन्, संघीय गणतन्त्र नेपालका ७६१ सरकारहरू । सुरुका दिनमा देखिएको विकृति र विसंगतिको संस्थागत अवस्थाले भोलिको समृद्ध नेपालको परिकल्पना कसरी पूरा होला ? सुशासनको प्रत्याभूति हुन नसकेको र शासकीय अभ्यासको विसंगतिका बीच हामी कोरोना भाइरसको चुनौति सामाना गर्दै छौँ । मानव जातिकै अस्तित्व संकट परिरहेको अवस्थामा पनि राजनीतिक नेतृत्व र कर्मचारी आर्थिक अनियमितमा संलग्न छन् । देशकै कार्यकारी प्रमुख अनियमितताको ढाकछोप गर्न विशेष परिस्थिति भन्दै देशबासीका नाममा सम्बोधन गर्छन् । तीन तहका सरकार नै महामारी नियन्त्रणका लागि लागिपरेको बताइरहेका छन । अहिलेको तयारी र अवस्था हेर्दा ढुक्क भएर बस्न सक्ने अवस्था छैन । स्वास्थ्यकर्मीहरु सुरक्षा सामग्रीको अभावमा असुरक्षित महसुस गरिरहेका छन् । सामान्य रोगका बिरामी त उपचार नपाएर मरिरहेका छन् भने कोरोना संक्रमित बिरामीले कस्तो उपचार पाउलान् ? राजनीतिक नेतृत्वमा रहेको नैतिकता र कार्यकुशलताको अभाव, प्रशासनिक क्षेत्रमा रहेको चरम राजनीतिक प्रवृति र अनुशासनहीनताले संकटको व्यवस्थापन सहज हुने देखिँदैन । स्थानीय तह र प्रदेश सरकार संविधानतः प्राप्त अधिकारको सही प्रयोग गर्न असक्षम नै देखिए । प्रदेश सरकारको अनुभूति त जनताले गर्न नै सकेका छैनन् । जनताले प्रदेश सरकार कहाँ छ ? के गर्दै छ ? जानकारी नै छैन । जनताले अनुभूति नगर्ने सरकारको उपस्थितिले संघीयताप्रति जनताको धारणामा परिवर्तन ल्याउँदै छ । अझ देशको अर्थतन्त्र शिथिल हुँदै जाँदा ७६१ सरकारको खर्च धान्ने स्थिति हुन्छ, हुँदैन भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । वैदेशिक रोजगारीमा गएका ४०÷५० लाख युवा फर्कने अवस्था आयो भने त्यसको व्यवस्थापन कसरी हुन्छ ? अहिलेको चिन्ताको विषय यो हो । विदेशबाट सीप, प्रविधि र जनशक्तिलाई सही व्यवस्थापन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्र निर्माणको आधार हुन सक्छ । होइन भने गरिबी र बेरोजगारीले कस्ता विकृति र विसंगति निम्त्याउला अनुमान गर्न सकिने छैन । राष्ट्रिय संकटका बेला ७६१ सरकार आ–आफ्नै किसिमले लागिपर्दा समन्वयको अवस्था कस्तो रहला ? रोकथाम र नियन्त्रणका प्रयासमा होस् या हिजोका विकास निर्माण र सेवा प्रवाहका सवालमा होस्, तीन तहका सरकारका बीचमा समन्वय र सहकार्यको अभाव देखिएको छ । सञ्चालित आयोजना तथा कार्यक्रमहरूमा जस्ता समस्याहरू छन्, यस्तो प्रवृतिले समृद्धिको चाहना पूरा हुने छैन नै वर्तमानको महामारी पनि व्यवस्थापन गर्ने क्षमता रहने छैन । यसर्थ यो र यस्तै राष्ट्रिय संकटको सामाना गर्न बलियो, एकल सरकार र त्यसको निर्णय कार्यान्वयन गर्न गराउन सक्ने पूर्ण विकेन्द्रीकरणसहितको स्वायत्त स्थानीय निकाय र स्थानीय निकाय र केन्द्र सरकारबीच समन्वय तथा अनुगमन मूल्यांकन गर्ने निकाय, हालको प्रदेशको सट्टामा आवश्यक हुन्छ । राजनीतिक दल र कर्मचारीको आचरण र कार्यशैली परिवर्तन नहुने हो भने कतै मन नपराई नपराई संस्थागत गर्न खोजिएको संघीय शासन प्रणालीको बारेमा पुनर्विचार गर्नु पर्ने दिन नआउला भन्न सकिँदैन ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP