Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
समाचार
  • Home
  • समाचार
  • युरोपका नेपाली समुदायलाई सक्दाे छिटो स्वदेश फर्कन प्रधानमन्त्रीको आग्रह
युरोपका नेपाली समुदायलाई सक्दाे छिटो स्वदेश फर्कन प्रधानमन्त्रीको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २०, २०८२

मेड्रिड - स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गरेका छन्  ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले बाटाघाटा पहिलाभन्दा धेरै बनेको एवं पहिला आउने र अहिले नेपाल आउने विदेशीले पनि नेपालको विकासको गति बढेको प्रतिक्रिया दिने गरेको स्मरण गराए । 

“अहिले नयाँ शक्ति भन्ने र ठूला दलको विरोध गर्ने केही पक्षहरूले सामाजिक सञ्जालमार्फत अनेक निराशा र भ्रम छर्ने गरेकाले त्यस्ता भ्रममा नपरी स्वदेशमा केही हुँदैछ र केही गर्नुपर्छ भन्ने भावनाका साथ तपाईँहरू लाग्नुस्”, प्रधानमन्त्री ओलीले भने, “नयाँ शक्तिहरूको हल्ला देखिसकिएको छ । नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन् । विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालबाट भावनात्मक रूपमा उत्तेजित बनाएर प्रचार गरे पनि यथार्थमा नयाँ दलको कुनै अर्थ र भविष्य छैन ।”

Hardik health

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म यो सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिबमोजिम आफूले कांग्रेस सभापित शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः स्मरण गराए । उनले राजनीतिक  दलहरूमा देखिएका कतिपय आन्तरिक समस्याले विकास, समृद्धि र स्थिरताको यात्रामा कुनै अवरोध नहुने विश्वास व्यक्त गरे ।
 
“कांग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ”, प्रधानमन्त्री ओलीले भने, “एमालेभित्र पनि विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन । हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ । आधुनिक नेपाल बनाउने र गरिबी हटाएर अर्थतन्त्र गतिशील बनाइनेछ ।”

उहाँले विदेशमा रहेर आर्जन गरेको श्रम, सीप, ज्ञान र पुँजीलाई स्वदेशको विकास लगाउन आग्रह गर्दै भने, “तपाईँहरूलाई देशको सन्तानले प्रतिक्षा गरिरहेको छ । तपाईँहरू जे जति आर्जन गर्नुछ, त्यो गरेर छिटो स्वदेश फर्कनुस् । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ । तपाईँहरू एकताबद्ध रहेर काम गर्नुहोस् ।”

सो क्रममा प्रधानमन्त्री ओलीलाई गैह्रआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का र कार्यबाहक महाहसचिव सुरज विष्ट, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले अलगअलग ज्ञापनपत्र दिए ।  आफूहरूको मागबमोजिम पोर्चुगलमा नेपाली दूतावास स्थापना भएकामा आभार व्यक्त गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै दोहोरो नागरिकतालगायत अन्य कानुनी हक अधिकार सुस्पष्ट गराई मातृभूमिसँग जोड्ने प्रबन्धका लागि आग्रह गरे  ।

यस्तै प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्ष ईश्वर देवकोटाले वार्सामा स्थायी कन्सुलर कार्यालय खोल्न माग गरे। कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गानालगायत सहभागी हुन्  ।

स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मेड्रिडका कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्दै हुन् । 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP