Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
समाचार
  • Home
  • समाचार
  • दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत
दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १९, २०८२

कैलाली- धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्  । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन्  ।

सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताइन्  । उनले भनिन्, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु ।”आर्थिक स्थितिका कारण राहदानी बनाई विदेश जान तयार भएकी उद्यमी मगरले स्थानीयस्तरमा स्वरोजगार बन्ने योजनासँगै वैदेशिक रोजगारको मोह त्यागेकी थिइन् । अहिले उनले आफू स्वरोजगार बन्नुका साथै स्थानीय केही व्यक्तिलाई रोजगार दिएकी छन् । 

मगरका अनुसार उद्योगबाट मासिक रु एक लाखको कारोबार हुन्छ । कामदारलाई ज्यालादारी र परिवारको खर्च कटाएर मासिक रु २५ हजार बचत हुने गरेको उनले जानकारी दिइन्  ।  चार जनाको परिवारको सबै खर्चसहित छोराछोरीको शिक्षादिक्षा यहीँ व्यवसाययले सञ्चालन भइरहेको उनले बताइन्  । उनले भनिन्, “सुरुमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन समस्या भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ । अहिले पनि श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा साउँदीमा हुनुहुन्छ । यही व्यवसायबाट दैनिकीमा परिवर्तन आएको छ ।”

Hardik health

दुनाटपरी उद्योग सञ्चालनका साथै महिलालाई तालिम पनि दिने गरेको मगरले उल्लेख गरिन् । वडाबाट आएको क्षमता विकास कार्यक्रममार्फत स्थानीय महिलालाई आफूले तालिम दिएको उनले बताइन्  । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरीसम्बन्धी तालिम दिएको महिला उद्यमी मगरले जानकारी दिइन् । 
 
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको जनाउँदै उनले टपरी रु चार र दुना रु एकमा बिक्री हुने बताइन् । आफूले उत्पादन गरेका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरासम्म पुग्ने उनले उल्लेख गरिन्  ।सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको मगरको भनाइ छ । “आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले ‘प्याकिङ’ गरी आफ्नै कम्पनीको लोगो लगाएर मँहगोमा बिक्री गर्दछ्”, उनले भनिन् , “प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाँप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो ।”

मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमिका रूपमा छनोटमा भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मनित भएको बताइन्  । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा प्याकिङ गर्ने उपकरण खरिद गर्नुका साथै व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन्  । 
 


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP