Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वदेशमा रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गरिने
स्वदेशमा रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

काठमाडाैं -  राष्ट्रियसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने विषयलाई अभियानका रूपमा सञ्चालन गरिने बताएका छन्  ।

‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सभामा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै श्रममन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जना गर्ने कार्यलाई आगामी दशकका लागि अभियानका रूपमा अघि बढाइने स्पष्ट पारे । 

रोजगारी र यसको व्यवस्थापन बहुआयामिक विषय भएको बताउँदै उनले आन्तरिक रोजगारीको अवसर सिर्जनामा मन्त्रालय कटिबद्ध रहेको जानकारी दिए । “सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगारी सिर्जना गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यो मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय पनि हो”, उनले भने ।

विकासको परिभाषा केवल भौतिक पूर्वाधारमा सीमित नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मानव विकास, रोजगारी तथा सामाजिक सुरक्षालाई समेत विकासको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताए । उनका अनुसार मन्त्रालयले मुलुकको ठूलो बेरोजगार जनसङ्ख्यालाई लक्षित गर्दै गरिबी निवारणमा प्रत्यक्ष प्रभाव पार्ने रोजगारी सिर्जना योजनालाई प्राथमिकता दिएको हो ।

Hardik health

मन्त्री भण्डारीले मन्त्रालयमा आन्तरिक रोजगार व्यवस्थापन महाशाखा स्थापना भइसकेको बताउँदै आगामी दिनमा वैदेशिक रोजगारीका साथै स्वदेशमा रोजगारी सिर्जना र व्यवस्थापनमा केन्द्रित रहने जानकारी दिए । नीतिगत व्यवस्था तथा कार्ययोजना निर्माण गरेर तीनवटै तहको सरकार र विकास साझेदारलाई साथमा लिएर रोजगार पारिस्थितिक चक्र (इकोसिस्टम) निर्माण गर्ने प्रयास थालिएको उनले उल्लेख गरे ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक मौसमी कामदारका रूपमा भारत जानुपर्ने बाध्यतालाई कम गर्न राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत अल्पकालीन रोजगारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए । श्रम व्यक्तिको पुँवजीका रूपमा रहेको उल्लेख गर्दै उनले सीपले श्रमिकको उत्पादकत्व वृद्धि र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने धारणा राखे  ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार गम्भीर रहेकोसमेत स्पष्ट पार्नुभयो । वैदेशिक रोजगारीमा जाने बिमा तथा सामाजिक सुरक्षालाई अनिवार्य गर्न पहल भइरहेको उनको भनाइ छ । विदेशमा समान काममा समान ज्याला पाउने अधिकारका लागि पनि नेपालले पहल गरिरहेको भण्डारीले बताए। 

वैदेशिक रोजगारीका नाममा हुने ठगी, विचौलिया र सिण्डिकेट नियन्त्रणका लागि सरकारले कडा कदम चालेको उल्लेख गर्दै मन्त्री भण्डारीले श्रम तथा रोजगार क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए । हालै ‘श्रम संसार’ एप सार्वजनिक भइसकेको भन्दै उनले यसलाई वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धारमा सहज हुने गरी विस्तार गरिएको सदनलाई जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सीप, पुँजी र ज्ञानलाई देशको उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रयोग गर्नेगरी पुनःएकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री भण्डारीले बताए । आगामी वर्षदेखि सबै स्थानीय तहबाट सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १४:४१
#शरतसिंह_भण्डारी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP