काठमाडौं - नेपाली बजारमा सुनको मूल्य १२ सयले बढेकाे छ ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको थियाे ।
यस्तै चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेकाे छ । हिजाे चाँदीको मूल्य पनि प्रतितोला २ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकाे थियाे ।