Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा श्रमिक पठाउन परराष्ट्रको अनुमति
इजरायलमा श्रमिक पठाउन परराष्ट्रको अनुमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

काठमाडौं - सरकारले इजरायललगायत मुलुकमा लगाएको यात्रा प्रतिबन्ध खोलेको छ । परराष्ट्र मन्त्रालयले इजरायल–इरान युद्धका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै यसअघि लागू गरेको यात्रा प्रतिबन्ध हटाएको मंगलबार एक सूचनामार्फत जानकारी दिएको हो । 

इजरायल–इरानबीच युद्धविराम भई अवस्था सामान्य भएकोले ती मुलुकहरुमा त्यहाँको अध्यागमन कानुन पालना गरी पूर्ववत् यात्रा गर्न सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । परराष्ट्रले गत असार ४ गते ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इजरायल–इरान द्वन्द्वका कारण अत्यावश्यक अवस्थामाबाहेक यी देशहरुमा भ्रमण नगर्न भनेको थियो । यात्रा प्रतिबन्ध फुकुवा भएसँगै इजरायलमा रोजगारीका लागि श्रमिक पठाउने बाटो खुलेको छ । यात्रा प्रतिबन्धका कारण इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर)का लागि जाने तयारीमा रहेकाहरु रोकिएका थिए । 

गत जेठ ३० गते सुरु भएको युद्ध १२ दिनपछि अन्त्य भएको थियो । युद्धविरामपछि इजरायलस्थित नेपाली दूतावासले गत असार १३ गते त्यहाँको अशान्त र भयपूर्ण स्थिति सामान्य भएको जनाएको थियो । त्यसपछि विभागले रोकिएर बसेका श्रमिकको माग र इजायलबाट पनि सबै ठीक छ भनेको अवस्थालाई मध्यनजर गर्दै उक्त एड्भाइजरी हटाउन मन्त्रालयलाई असार १५ गते पत्राचार गरेको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिएका थिए । 

Hardik health

‘परराष्ट्र मन्त्रालयले एड्भाइजरी जारी गरेकाले ‘नो अब्जेक्सन’ दिनु भनेर हामीले आइतबार मन्त्रालयमा लेखेर पठाएका छौं । हामीले हाम्रोतर्फबाट श्रमिकको माग, नेपालमा भएका इजरायलका राजदूत र इजरायलमा हुनुहुने नेपाली राजदूतले पठाएको विषय चिठीमा उल्लेख गरेका छौं,’ उनले सोमबार प्रभावसँग भनेका थिए, ‘परराष्ट्रले नो अब्जेक्सन दिनेबित्तिकै नियमित सञ्चालन हुन्छ, त्यो काम ।’
इजरायल–हमास द्वन्द्वका कारण रोकिएको श्रमिक लैजाने प्रक्रिया गत वर्षको असारमा आवेदन आह्वान गरेसँगै पुनः सुरु भएको थियो । उक्त आवेदन दिएकामध्येबाट कूल ९१९ जना इजरायल जान छनोट भएका थिए । जसमध्ये ५४३ जना गइसकेका छन् । भिसा लागेका ३५ जनाको उडान गत जुन २१ तारिखका लागि तय भए पनि इरानसँगको पछिल्लो द्वन्द्वका कारण स्थगित भएको थियो । परराष्ट्रले यात्रा प्रतिबन्ध हटाएसँगै इजरायल रोजगारीमा पठाउने प्रक्रिया सुरु हुने विभागले बताएको छ । 

 

 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP