Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारबाट फर्किएर उद्यमी बनेका आठ जनाले पाए ‘उद्यमी राष्ट्रिय पुरस्कार’
झापाका रविन पोखरेललाई ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’  वैदेशिक रोजगारबाट फर्किएर उद्यमी बनेका आठ जनाले पाए ‘उद्यमी राष्ट्रिय पुरस्कार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

काठमाडौं– सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरिरहेका आठ जनालाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक कार्यक्रम आयोजना गरी ती उद्यमीहरुलाई पुरस्कृत गरेको हो । वैदेशिक रोजगारबाट फार्किएर आन्तरिक रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएकाले पुरस्कृत गरिएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले प्रत्येक वर्ष सातवटै प्रदेशका एक–एक जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ । एक लाख ५० हजार रुपैयाँ राशिको ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ झापाका रविन पोखरेलले पाएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)बाट फर्किएका पोखरेलले झापाको दमकमा श्री भूमिका सीपमूलक तालिम केन्द्र सञ्चालन गरिरहेका छन् । उक्त तालिम केन्द्रले ३५ जनालाई स्थायी र २६२ जनालाई अस्थायीरुपमा रोजगारी दिएको जनाइएको छ । उक्त केन्द्रबाट उत्पादित सामग्री युरोपसम्म निर्यात हुन थालेको पोखरेलको भनाइ छ । 

उद्यमी राष्ट्रिय पुरस्कार हात पार्नेमा कोशी प्रदेशबाट राजिव खड्का छन् । उनले कुवेतबाट फर्किएपछि मोरङको उर्लाबारीमा श्री आमा कृषि फार्म सञ्चालन गरेका छन् । मधेस प्रदेशबाट शंकर सिम्खडा पुरस्कृत भएका छन् । बाराको जितपुरमा उनले निम्तो एग्रो मार्ट सञ्चालन गरिरहेका छन् । त्यसअघि उनी रोजगारीका लागि मलेसिया गएका थिए ।बागमती प्रदेशबाट कुमार श्रेष्ठ पुरस्कृत भएका छन् । मलेसियाबाट फर्किएका श्रेष्ठले दोलखामा वैतेश्वर रेण्ट एण्ड क्याटरिङ सर्भिस सञ्चालन गरिरहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट बसन्तबहादुर खड्कालाई पुरस्कृत गरिएको छ । उनले तनहुँको भानुमा श्री वसन्त पोल्ट्री फार्म चलाइरहेका छन् । उनी रोजगारीका लागि सिसेल्स गएका थिए । 

Hardik health

शोभाखर पौडेल लुम्बिनी प्रदेशबाट पुरस्कृत भएका छन् । मलेसियामा रोजगारी गरेर फर्किएका पौडेलले अर्घाखाँचीको पाणिनीमा न्यु सन्ध्या होटल एण्ड रेस्टुरेण्ट र सासु बुहारी कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् । कर्णाली प्रदेशबाट देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेण्टर सञ्चालन गरिरहेका लक्ष्मीप्रसाद ढकाल पुरस्कृत भएका छन् । उनी दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेशका तर्कसिंह विष्ट पुरस्कृत भएका छन् । मलेसिया गएर फर्किएका विष्टले बैतडीको पाटनमा कैलपाल बहुउद्देश्य कृषि फार्म सञ्चालन गरिरहेका छन् ।

रिटर्नी उद्यमीहरुलाई सम्मान गर्दै श्रममन्त्री शरतसिंह भण्डारीले विदेशबाट फर्किएकाहरुलाई मुलुकमा काम गर्ने वातावरण तयार गर्नतर्फ सरकार लागिपरेको बताए । ‘अहिलेसम्म वैदेशिक रोजगारीमा जानेहरुको मात्र कुरा गरिरहँदा सरकारले विदेश जानेलाई मात्र प्रोस्साहन गरेको हो कि जस्तो देखिएको छ । तर रोजगारीबाट फर्किएकाको सीप, ज्ञान र पुँजीको उपयोगमा सरकारले ध्यान दिएको छ,’ उनले भने ।

मन्त्री भण्डारीले श्रम गर्ने बानीले रोजगारी सिर्जना गर्ने र यसले मुलुकको समष्टिगत रोजगारीमा सघाउने बताए । यस्ता कार्यक्रमले श्रमको सम्मान गर्ने संस्कार विकास गर्ने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले वैदेशिक रोजगारीमा जानेलाई लाग्ने गरेको आरोप कार्यक्रमले चिरेको बताए । ‘वैदेशिक रोजगारीबाट फर्किनेहरु पुँजी, सीप, प्रविधि र ज्ञान लिएर फर्किन्छन् । वैदेशिक रोजगारीमा जानु भनेको पलायन हुनु हो भन्ने भाष्यलाई पुरस्कृत हुनेहरुले चिरिदिएका छन्,’ उनले भने, ‘सामाजिक, आर्थिकरुपमा पिछडिएको वर्गलाई शोषण गर्नेहरुले त्यस्तो भाष्य बनाएका हुन् ।’

नेपालमा पनि अन्य मुलुकबाट आएका तीन–चार हजार जतिले रोजगारी गरिरहेकाले वैदेशिक रोजगारी ‘नेचुरल इकोसिस्टम’ भएको उनको भनाइ थियो । वैदेशिक रोजगारीका कारण एउटा स्थानमा भएको सकारात्मक परिवर्तनको प्रभाव अर्को स्थानमा पर्ने पुष्करले बताए । सरकारले आर्थिक सहयोग, कर छुट, उत्पादित वस्तुको बजारीकरण लगायतमा रिटर्नीलाई सहयोग गरिरहेको उनको भनाइ छ । 
 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP