Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रुट इण्डस्ट्री’तर्फको अन्तर्वार्ताका लागि ९० जना छानिए 
‘रुट इण्डस्ट्री’तर्फको अन्तर्वार्ताका लागि ९० जना छानिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

 

  • एक हजार २६३ जनाले आवेदन दिएकामा ९० जना ‘सर्ट लिस्ट’मा
  • कोही उम्मेदवारलाई आफू पनि ‘सर्ट लिस्ट’मा पर्नुपर्ने तर छुट भएको लागेमा प्रमाणसहित भोलि मंगलबार दिउँसो १२ बजेसम्म दाबी गर्न सकिने
  • आवेदकलाई मूल्यांकन समितिले छनोटका लागि योग्य ठह¥याए उनीहरुको नाम पनि अन्तर्वार्ताका लागि समावेश गरिने

 काठमाडौं– दक्षिण कोरियाको ‘रुट इण्डस्ट्री’का लागि आवेदन दिएकामध्ये ९० जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कोरियाले गत जेठमा खुलाएको ५० जनाको कोटाका लागि एक हजार २६३ जनाले आवेदन दिएका थिए । जसमध्ये ९० जना अन्तर्वार्ताका लागि छनोट भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । 

‘रुट इण्डस्ट्री’को वेल्डिङ क्षेत्रका लागि संक्षिप्त सूचीमा छनोट भएका ९० जना नै पुरुष रहेका छन् । उत्पादनसँग सम्बन्धित यो क्षेत्रमा धातुसँग सम्बन्धित काम गर्नुपर्छ । विभिन्न उपकारण बनाउन चाहिने अत्यावश्यक पार्टपुर्जा बनाउन धातुलाई पगाल्ने र विभिन्न आकार दिने काम यस क्षेत्रमा गरिन्छ ।

Hardik health

आवेदकले पेस गरेको कागजातका आधारमा अंक प्रदान गरी संक्षिप्त सूची निकालिएको इपिएस शाखाद्वारा प्रकाशित सूचनामा जनाइएको छ । जसमा सबैभन्दा बढी अंक ६८ ल्याउने चार जना छन् । सबैभन्दा कम अंक ५३ ल्याउने १५ जना छन् । सूचीमा सबैभन्दा बढी आवेदकको ५५ अंक आएको शाखाले जनाएको छ ।

शाखाले अन्तर्वार्ताको स्थान र मितिबारे अर्को सूचनामार्फत जानकारी गराउने बताएको छ । यदि कोही उम्मेदवारलाई आफू पनि ‘सर्ट लिस्ट’मा पर्नुपर्ने तर छुट भएको लागेमा प्रमाणसहित भोलि असार १७ गते दिउँसो १२ बजेसम्म दाबी गर्न भनिएको छ । त्यस्ता आवेदकलाई मूल्यांकन समितिले छनोटका लागि योग्य ठह¥याए उनीहरुको नाम पनि संक्षिप्त सूचीमा समावेश गरिने जनाइएको छ । 
सूचनामा सक्कल प्रमाणपत्र नभए अन्तर्वार्तामा सहभागी हुन नपाइने जनाइएको छ । ‘संक्षिप्त सूचीमा परेका व्यक्तिहरुले अन्तर्वार्तामा उपस्थित हुँदा अनिवार्यरुपमा आफ्नो सक्कल नागरिकता, राहदानी, लब्धांक प्रमाणपत्र, मूल प्रमाणपत्र, चारित्रिक प्रमाणपत्रका साथै अनुभव, तालिमलगायत सम्पूर्ण कागजातको सक्कल कपी नै साथमा लिई अन्तर्वार्तामा उपस्थित हुनुपर्ने छ,’ सूचनामा भनिएको छ ।

अन्तर्वार्तापछि योग्यताक्रमका आधारमा ५० जना छनोट गरिने जनाइएको छ । पाँच जनालाई भने वैकल्पिक उम्मेदवारको रुपमा छनोट गरिने सूचनामा भनिएको छ । यदि ५० जनामध्ये कोही तालिममा अनुपस्थित भए वैकल्पिक उम्मेदवारको योग्यताक्रमको आधारमा तालिममा सहभागी गराइने उल्लेख छ । छनोट भएका उम्मेदवारलाई रुपन्देही जिल्लाको बुटवलस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा १२० घण्टाको वेल्डिङ र १२० घण्टाको कोरियन भाषा तालिम दिइन्छ । तालिममा कम्तीमा पनि ८० प्रतिशत उपस्थित भएको र सो क्रममा लिइएको परीक्षामा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ।

उक्त तालिमका लागि लाग्ने शुल्क भने व्यक्ति स्वयंले व्यहोर्नुपर्ने भनिएको छ । आवासीय सेवा नलिए न्यूनतम ५५ हजार ५०० रुपैयाँ शुल्क र आवासीय सेवा लिनुपरे न्यूनतम ८८ हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । तालिममा सहभागी भएर रोस्टर सार्वजनिक भएपछि पनि रोजगारदाताको छनोटमा नपरेसम्म कोरिया जाने निश्चित भने नहुने भनिएको छ ।

नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले सन् २००८ देखि जिटुजीमार्फत नेपालीहरु लग्दै आएको छ । सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक क्षेत्र र सिप बिल्डिङ (जहाज निर्माण)मा मात्र श्रमिकहरु लग्दै आएको थियो भने २०२४ बाट रुट इण्डस्ट्री, वन तथा सेवा क्षेत्रका लागि पनि नेपालीहरु लग्न थालेको हो । यस वर्षजस्तै अघिल्लो वर्ष पनि ‘रुट इण्डस्ट्री’का लागि ५० जना छनोट गरिएको थियो । यो क्षेत्रमा पनि नेपाल सरकार र कोरिया सरकारबीच भएको समझदारीपत्र अनुरुप इपिएस प्रणालीअन्तर्गत श्रमिक लग्ने गरिन्छ । 
 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP