Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गीतकार टेक तामाङको ‘सांगीतिक साँझ–२०८२’ सम्पन्न
गीतकार टेक तामाङको ‘सांगीतिक साँझ–२०८२’ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

काठमाडाैं -  नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।

साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।

कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता अधिकारी चर्चित गायक–गायिकाहरूले गीतहरू प्रस्तुत गरेका थिए। उनीहरूको सुमधुर स्वर र भावपूर्ण प्रस्तुति दर्शकदीर्घामा भावनात्मक तरंग ल्याउन सफल रह्यो।

Hardik health

विशेषगरी ‘मै खुकुरी’ गीतले देशप्रेमका भावना उजागर गर्दा हलमा उपस्थितहरू भावुक बने भने ‘अङ्गालोमा बेरिरहुँ’ शीर्षकको मायापूर्ण गीतमा गायिका अन्जु पन्तको स्वरले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। उनले कार्यक्रमको छिनमा स्टेजबाट मिस युनिभर्सको विज्ञापनसमेत प्रस्तुत गरिन्।सुमिना लो र रेश्मा बमजनको प्रस्तुतीले साँझ ढल्किँदै जाँदा अझै रमाइलो बनाउँदै लगे । दर्शकहरूले गीतसँगै ताल मिलाउँदै रमाइलो गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले टेक तामाङको यो प्रस्तुति नेपाली सांगीतिक क्षेत्रका लागि “सांस्कृतिक चेतनाको नयाँ इँटा” भएको बताए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले टेक तामाङको साङ्गीतिक साँझ नेपाली गीत–संगीतलाई आम जनमानससँग जोड्ने सशक्त प्रयास भएको बताए। उनले यस्तो प्रस्तुति नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

वि।सं। २०५० मा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रामा प्रवेश गरेका टेक तामाङले हालसम्म ‘माटोको आवाज’, ‘स्वदेश’, ‘जीवनसाथी’, ‘नाता’, ‘आमा’, ‘भक्तिसागर’ र ‘नेपाल आमा’ जस्ता गीतसङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा रहेका छन्।

कलासँगै राष्ट्रसेवामा समर्पित तामाङ पेशागत रूपमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी हुन्। उनको लेखन, साहित्य, संगीत र सेवाको समिश्रणले समाजमा प्रेरणादायी सन्देश दिएको छ।साँझको समापनमा टेक तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यो साँझ “जीवनको अविस्मरणीय क्षण” भएको बताए।कार्यक्रममा सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रहरी, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:१३
#एआइजी #नेपाल _प्रहरी_अतिरिक्त_महानिरीक्षक #टेक_तामाङ
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर आइतबार, असार २८, २०८३
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने आइतबार, असार २८, २०८३
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’ शनिबार, असार २७, २०८३
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP