काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।
मंगलबार १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख ९२ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँ रहेको छ ।