Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा म्यानपावरमार्फत सीपयुक्त कामदार पठाउने बाटो खुल्यो
दक्षिण कोरियामा म्यानपावरमार्फत सीपयुक्त कामदार पठाउने बाटो खुल्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ११, २०८२
  •  ई–७ भिसामार्फत इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)ले कोरियामा श्रमिक पठाउन पाउनेगरी ‘दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ संशोधन 
  •  विभागको स्वीकृतिमा मौसमी कामदारबाहेकका श्रमिक कोरिया पठाउन पाउने
  •  ई–७ भिसामा जानका लागि आधारभूत कोरियन भाषा र पेसागत सीप अनिवार्य 
  •  लागत तथा सेवा शुल्क इपिएस प्रणालीकोभन्दा बढाउन नपाउने

काठमाडौं– दक्षिण कोरियामा अब म्यानपावर कम्पनीले कामदार पठाउन पाउने भएको छ । सरकारले ई–७ भिसामार्फत इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)ले कोरियामा श्रमिक पठाउन पाउनेगरी ‘दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ संशोधन गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कार्यविधिको दोस्रो संशोधनमा निजी क्षेत्रका व्यवसायी–व्यवसायी (बिटुबी) मार्फत म्यानपावर व्यवसायीले दक्ष तथा अर्धदक्ष श्रमिकलाई ई–७ भिसामार्फत कोरिया पठाउने बाटो खुला गरिदिएको छ । व्यवसायीहरुले लामो समयदेखि राख्दै आएको मागबमोजिम सरकारले यस्तो व्यवस्था गरेको हो । 

हालसम्म दक्षिण कोरियाले रोजगार अनुुमति प्रणाली (इपिएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरेका अदक्ष श्रमिक लग्दै आएको थियो । संशोधित कार्यविधि कार्यान्वयनमा आएपछि इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगार विभागको स्वीकृतिमा मौसमी कामदारबाहेकका श्रमिक कोरिया पठाउन पाउने छन् ।

आधारभूत कोरियन भाषा जान्ने र पेसागत सीप हासिल गरेकाहरुले मात्र ई–७ भिसामा जानका लागि आवेदन दिन सक्ने संशोधित कार्यविधिमा उल्लेख छ । श्रमिकलाई रोजगारीका लागि जाँदा लाग्ने लागत तथा सेवा शुल्क इपिएस प्रणालीकै कायम हुने जनाइएको छ । तोकिएको सीप र भाषा सिक्न लाग्ने खर्च भने श्रमिक आफैंले व्यहोनुपर्ने मन्त्रालयले जनाएको छ ।

Hardik health

श्रमिक पठाउने म्यानपावरसँग रोजगारदाताको आवश्यकताअनुसारको भाषा र सीपको परीक्षणका लागि वा रोजगारदाता स्वयं आएर भाषा र सीपको परीक्षण गर्ने भएमा तोकिएको मापदण्डबमोजिमको तालिम केन्द्र वा पूर्णकालीन उपयोग गर्न सकिने तालिम केन्द्र हुनुपर्ने छ । सो तालिम केन्द्रमा रोजगारदाताले तोकेबमोजिमको प्रशिक्षकसमेत हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

रोजगारदाता आफैं आएर भाषा र सीपको निःशुल्क परीक्षण गरेपछि तालिम केन्द्रले योग्यताको प्रमाणपत्र दिनुपर्ने विषय पनि यो कार्यविधिमा थप गरिएको छ । कार्यविधिका अनुसार छनोट भएका श्रमिकको सम्झौतापत्रमा तोकिएको तलब, बिमा, ओभरटाइमबापतको भत्ता, बिदा, उपदान, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण र अन्य कल्याणकारी सुविधा स्पष्ट उल्लेख भएको हुनुपर्ने छ । रोजगारदाताले सम्झौतापत्रको चारवटा प्रतिमा हस्ताक्षर गरी श्रमिकको हस्ताक्षरका लागि सो पत्र म्यानपावरमा पठाउनुपर्ने उल्लेख गरिएको छ ।

यस प्रणालीमार्फत कोरिया गएका श्रमिकको विषयमा कार्यविधिको दफा १३ मा सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । म्यानपावरले नियमितरुपमा समन्वय गरी श्रमिकको काम, गुनासो, सेवासुविधा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य, कल्याणकारी सेवाको सञ्चालन, कामदारको सम्पर्क विवरण, क्षतिपूर्ति तथा परिपुरणको सुनिश्चितता गर्नुपर्ने छ । उक्त विवरण प्रत्येक तीन महिनामा विभाग र दूतवासलाई दिनुपर्ने उल्लेख छ । विवरण यकीन गर्न दूतावासले कम्पनीसँग प्रतिवेदन माग गर्नसक्ने प्रावधान राखिएको छ । प्रतिवेदन झूठा ठहरिए त्यस्ता मागपत्र दूतावासले प्रमाणीकरण नगर्ने भनिएको छ । 

कोरियामा काम गर्ने प्रवेशाज्ञा पाएको श्रमिकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट अभिमुखीकरण तालिम लिनुपर्ने छ । ई–७ प्रणालीअन्तर्गत पारदर्शीरुपमा श्रमिक छनोट गरे नगरेको, तोकिएको मापदण्ड पूरा भए नभएको अनुगमन वैदशिक रोजगार विभागले गर्ने व्यवस्था गरिएको छ । 

मागपत्र प्रमाणीकरणको प्रक्रिया
मागपत्र प्रमाणीकरणका लागि रोजगारदाताले पूरा गर्नुपर्ने प्रक्रियाको विषय यो कार्यविधिमा थप गरिएको छ । रोजगारदाता कम्पनीको प्रमाणपत्र, कम्पनीको प्रोफाइल, कार्यसञ्चालन अनुमतिपत्र, प्रतिनिधि भए प्रतिनिधिको वारेसनामा, कोरियाली तथा अंग्रेजी भाषामा दूतावासमा पेस गर्नुपर्ने छ । त्यसका साथै श्रमिकको तलबमान, सेवा, सुविधा, कार्य सर्त, प्रतिबद्धतापत्र तथा रोजगार सम्झौता उल्लेख गरिने मुख्य विवरण र रोजगारदाताको भाषा परीक्षा तथा सीप परीक्षण निःशुल्करुपमा नेपालमै सञ्चालन गर्ने प्रतिबद्धतापत्र पनि आवश्यक पर्ने छ । यी कागजात अनलाइन प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यसरी पेस गरिएको मागपत्रलाई दूतावासले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार आधिकारिकता यकीन गरी सिफारिससहित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेम्स)मार्फत विभागमा पठाइ रोजगारदातालाई जानकारी गराउनुपर्ने छ । मागपत्र प्रमाणीकरण भएर आएपछि म्यानपावरले आवश्यक विवरण खुलाएर १५ दिनको म्याद राखेर दैनिक पत्रिकामा सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

 


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP