Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलबाट नाम दर्ता गराएका ९०० मध्ये करिब ४० जनामात्र नेपाल आउन तयार
इजरायलबाट नाम दर्ता गराएका ९०० मध्ये करिब ४० जनामात्र नेपाल आउन तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १०, २०८२

काठमाडौं– इजरायलमा रहेका ९०० जना नेपालीले अनलाइन रजिस्ट्रेसन पोर्टलमा नाम दर्ता गराएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसमा पनि करिव ४० जनाले मात्र छिटो उद्धारका लागि आग्रह गरेको जनाइएको छ । इजरायल–इरानबीचको द्वन्द्वका कारण फर्किन चाहने नेपालीहरुका लागि यही जुन १७ तारिखबाट अनलाइन रजिस्ट्रेसनमार्फत विवरण संकलन थालिएको छ । सोमबारसम्म दर्ता हुनेहरुको संख्या ९०० पुगे पनि फर्किन चाहनेहरु न्यून देखिएका छन् ।

‘९०० जना फाराम भरेकाहरु मात्र हुन् । फर्कन चाहने कम हुनुहुन्छ । तुरुन्तै उद्धार भइदिए हुन्थ्यो भन्नेहरु ३० देखि ४० जनामात्र हुनुहुन्छ,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए, ‘फाराम भर्नु र फर्काइदिनु भन्ने फरक कुरा हो । म यहाँ, यस्तो अवस्थामा छु भन्नलाई पनि त फाराम भर्न सकियो ।’ 

फाराम भर्नेहरुको के–के आवश्यकता र समस्या छ भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए । नेपाल फर्किने इच्छा देखाउनेहरु न्यून हुनुको कारण भने अनुमान गर्न नसकिएको प्रवक्ता क्षेत्रीको भनाइ छ । मन्त्रालयले अब पछिल्लोपटक नाम दर्ता गराउनेहरुको टे«ण्डलाई अध्ययन गरेपछि केही आउनसक्ने क्षेत्रीले बताए । 

स्वदेश फर्काउन सहयोग माग्दै मन्त्रालय
फर्किन खोज्नेहरुको कागजातको अध्ययन गरी कुन रुटबाट ल्याउने भन्नेतर्फ काम गरिहेको मन्त्रालयले जनाएको छ । सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा उक्त कुरा बताएकी हुन् ।

Hardik health

‘इजरायल र इरानमा हाल हवाईमार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ,’ मन्त्री  राणाले भनिन् । यस सन्दर्भमा जोर्डन सरकारले १९ जुनमा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनको भनाइ थियो । साथै, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आएओएम)सँग पनि यस विषयमा सहजीकरणका लागि नेपाली राजदूतावासद्वारा पत्राचार भएको राणाको भनाइ छ । 

मन्त्री डा. राणाका अनुसार इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको छ । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको उनले बताइन् ।

नेपाल फर्किंदा ‘बेरोजगारी’कै डर
इजरायलस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फिर्तीको सूचना संकलन गर्नका लागि दिएको रजिस्ट्रेसन पोर्टलमा त्यहाँ रहेका नेपालीहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । नेपाल आउन खोज्नेहरुको संख्या न्यून भइरहँदा त्यहाँ रहेकाहरुको मनस्थिति बुझ्न यसलाई पनि आधार मान्न सकिन्छ । विनिता घिमिरेले ‘नेपालको दुःखभन्दा इजरायलकै दुःख ठीक छ’ लेखेकी छन् । विष्णु श्रेष्ठ पनि नेपाल फर्कने हतार नगर्न आग्रह गर्दै लेख्छिन्, ‘इरानले इजरायलमाथि हानेको मिसाइलभन्दा नेपाल सरकारले हामीमाथि हानेको बेरोजगारीको मिसाइल झन् भारी पर्छ । बरु कान थुन्दै बेलाबेला बंकरभित्र दौडँदै महिना पुगेपछि तलब थाप्दा मनले सुकुन पाउँछ ।’ दूतावासको पोस्टमा प्रतिक्रिया जनाउने अधिकांशले नेपाल फर्किएपछि बेरोजगार हुनुपर्ने चिन्ता व्यक्त गरेका छन् । ‘गरिबीले मर्नुभन्दा मिसाइलले मर्ने हो,’ कमला दाहालले लेखेकी छन् । 

‘आइरन डोम’ र बंकरको भर
सन् १९४८ मा आधिकारिक रुपमा इजरायल छुट्टै देशको रुपमा घोषणा भएदेखि नै कुनै न कुनै प्रकारको युद्ध लडिरहेको छ । सैन्य तथा आतंककारी हमलाको जोखिममा रहेको इजरायलमा हालसम्म नेपालबाट गएका श्रमिकहरुले भने सुरक्षितसँग काम गरिरहेका छन् । इजरायलले सशक्त वायु प्रतिरक्षा प्रणालीको विकास गरेको छ । यसलाई ‘आइरन डोम’ अर्थात् इजरायलको ‘मिसाइल शिल्ड’ भनिन्छ । जसले दुई हजार किलोमिटरसम्मको बाहिरी दायरामा रहेका मिसाइलहरूलाई रोक्न सक्ने जनाइएको छ ।

यसका साथै त्यहाँका हरेक घरमा विशेषखालको सुरक्षित स्थान हुन्छ । जसलाई ‘बम सेल्टर’ भन्ने गरिन्छ । यसले बमबारीबाट जोगाउँछ । सन् १९५१ को नागरिक सुरक्षा कानुनले प्रत्येक घर, आवास तथा औद्योगिक संरचनामा सेल्टर बनाउन अनिवार्य गरेको छ । यदि खतरा देखिए साइरन बज्छ र मानिसहरु सेल्टरमा बस्छन् । 

इजरायलमा हाल अधिकतम सात हजार नेपालीहरु रहेको अनुमान गरिएको छ । यो संख्या रोजगारी र अन्य प्रयोजनका लागिसमेत गएकाहरुको हो । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २०७८ यता एक हजार ७८८ जना जिटुजीमार्फत इजरायल गएका छन् । यसमा कति फर्किए र त्यसअघि गएकाहरु कति त्यहाँ छन् भन्ने यकीन तथ्यांक भने नभएको विभाग बताउँछ ।
 


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP