Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा
शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

काठमाडौं -  बालककालदेखि नै पशुपक्षीको हितमा क्रियाशील रघु आदित्यको पुस्तक ‘शाकाहारः तर्काधार’ शनिबार विमोचन भएको छ । कुनै पदानुक्रम र विशेष अतिथिबिनाको सो कार्यक्रममा पशु अधिकार र शाकाहार पर्वद्र्धनका लागि क्रियाशील प्रमदा शाह, मञ्जुश्री स्थापित, डा आयशा उप्रेती, इभा डङ्गोल, शोभा भुजेलले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

विमोचनमा किताब लेख्दाका आफ्ना अनुभव बाँड्दै लेखक आदित्यले भने, “पशुले पाउने कष्ट बुझेर आठ वर्षकै उमेरमा माछामासु खान छाडेँ । पछि त दही दूधलगायत सबै पशुपक्षीजन्य पदार्थ खान छाडेँ । तर प्रश्नले मलाई कहिल्यै छाडेनन् । सबैको प्रश्नको उत्तर दिन फुर्सद पनि नहुने र सबैलाई स्पष्टीकरण दिँदा हत्तु भएकाले यो किताब लेखेर सबैलाई एकैचोटी उत्तर दिउँ झैँ लाग्यो ।”

पुस्तकमा लेखकले पूर्ण शाकाहारी (भिगन) जीवनशैलीप्रति उठ्ने प्रश्न र आलोचनालाई सक्दो सम्बोधन गर्ने प्रयास गरेका छन् । मूल रूपमा यी प्रश्नका उत्तर पुस्तकमा समावेश छन्, “शाकाहारी भएर शरीरको प्रोटिन आवश्यकता कसरी पूरा गर्छौं ? के पशुहरू मानव उपभोगका लागि होइनन् र ? पूर्ण शाकाहारी हुनु त धेरै कट्टरता नै होइन र ? शाकाहारीका नाममा धर्ममाथि अतिक्रमण त भएको छैन ?” 

Hardik health

लेखकका अनुसार पुस्तक पाँच अध्यायमा विभाजित छ । आदित्यले भने, “चार–पाँच वर्षको समर्पित प्रयासको नतिजा यो पुस्तक हो, जुन शाकाहारीप्रति उठ्ने बारम्बारका प्रश्न र आलोचनाको जवाफ हो । पशु अधिकारको वकालत र पशुप्रतिको क्रुरताविरुद्धको अडान पनि हो यो पुस्तक ।”

लेखकले कार्यक्रममा आफ्नी दिदी मोना श्रेष्ठ आदित्यप्रति यो क्षण सम्भव बनाउन दिएको साथप्रति कृतज्ञता व्यक्त गरे । विमोचन समारोहपछि आदित्यकी ७० वर्षीया आमा सुमित्रा श्रेष्ठले  भने, “आज मेरो मन गर्वले भरिएको छ । छोराले प्रेम, करुणा, अहिंसा फैलाउन काम गरेको छ । एउटी आमाका लागि यो गर्वको कुरा हो ।”  ‘एनिमल नेपाल’की संस्थापक र सञ्चालकसमेत रहेकी शाहले पुस्तक अन्तरराष्ट्रिय सत्रको रहेको बताउँदै नैतिकता, न्याय र पशुको आधारभूत अधिकारमा आधारित यसका तर्कको प्रशंसा गरिन् । पत्रकार विन्देश दाहालले पनि शाहको मतमा सहमति जनाए । 

नेपाल शाकाहारी सङ्घ (नेशासं) का अध्यक्ष कृष्ण गुरुङलगायत वक्ताले अनुसन्धानमा आधारित तर्कसहित शाकाहारी र भिगनहरुप्रति आउने आरोप र आलोचनालाई खण्डन गर्ने सन्दर्भमा पुस्तक शक्तिशाली भएको भन्दै प्रशंसा गरे । गुरुङले नेशासंको तर्फबाट पुस्तकलाई आधिकारिक रूपमा समर्थन गर्ने घोषणा गरे र भने, “पशु अधिकारको क्षेत्रमा यो यो मार्गदर्शक निर्देशिका हो ।”  

छोराको कर्मप्रति गर्व गर्दै लेखकका पिता प्राध्यापक आनन्द आदित्यले भने, “यदि रघुले पूर्खाको ऋण नै तिर्नुपर्ने कुरा मान्ने हो भने पनि पुस्तक प्रकाशनले उहाँलाई त्यसबाट अब मुक्त गरेको छ ।” दुई सय ५२ पृष्ठको यो पुस्तकमा चित्रात्मक प्रस्तुति र सन्दर्भहरू समावेश छन् ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP