Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

 

 

  •  इजरायलमा करिब पाँच हजार ५०० जना र इरानमा रहेका करिब १२ जना नेपाली रहेको तथ्यांक
  •  नेपाली दूतावासद्वारा २४सै घण्टा हटलाइन सेवा सञ्चालन
  •  स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र अत्यावश्यक अवस्थामाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह

काठमाडौं– इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत शुक्रबार इजरायलले इरानमा आक्रमण गरेयता त्यस क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ । दुई मुलुकबीच तनावपूर्ण स्थिति सिर्जना भएपश्चात् त्यहाँ मिसाइल आक्रमणको शृंखला जारी छ । 

परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका करिब पाँच हजार ५०० जना र इरानमा रहेका करिब १२ जना नेपाली सुरक्षित रहेको जानकारी प्राप्त भएको जनाएको हो । सोही विज्ञप्तिमार्फत परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई देशबीच गत शुक्रबारदेखि विकसित घटनाक्रमप्रति चासो व्यक्त गरेकी छन् । उनले नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।

Hardik health

‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतावासलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणित र सहप्रमाणित मुलुकमा रहेर नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्नसमेत निर्देशन दिनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ । साथै, इजरायल र इरानमा रहेका नेपाली नागरिकरुलाई अप्ठ्यारो परेको अवस्थामा सम्पर्क गर्ने फोन नम्बर र इमेल पनि सार्वजनिक गरिदिएको छ ।

हाल चलिरहेको इजरायल–इरान युद्धका दौरान इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको स्थितिमा इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशनहरु जारी भइरहेको तेल अभिभस्थित नेपाली दूतावसले जनाएको छ । दूतावासले नेपालीहरुको सहयोगका लागि २४सै घण्टा हटलाइन सेवा सञ्चालन हुने जनाएको छ ।

दूतावासका अनुसार हाल इजरायलमा अत्यावश्यकबाहेकका कार्यालय बन्द छन् । त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरिएको छ । साथै, अत्यावश्यक अवस्थामाबाहेक घरबाट बाहिर ननिस्कनसमेत भनिएको छ ।

गत आर्थिक वर्षमा एक हजार पाँचजना युवाहरु वैदेशिक रोजगारीका लागि इजरायल गएका थिए । इरानमा भने गत आवमा वैधानिकरुपमा श्रम स्वीकृति लिएर नेपालीहरु गएको तथ्यांक छैन । दुई देशबीचको युद्धका कारण त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता बढेको छ । रोजगारीबाहेक अध्ययनलगायतका प्रयोजनका लागि नेपालीहरु इजरायल जाने गरेका छन् । तर इरान र इजरायलबीचको पछिल्लो स्थितिका कारण उनीहरुको विषयमा चासो र चिन्ता बढेको छ । इजरायलमा गत २०८० असोजमा हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा फसेका २८३ विद्यार्थीलाई सरकारले उद्धार गरेको थियो ।

शुक्रबार इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण गरेको थियो जसमा शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिकहरू मारिएको र देशभरका सैन्य आधारहरू, आणविक स्थलहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन् । जवाफमा इरानले इजरायलमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको छ । निरन्तरको आक्रमणले त्यहाँ रहेका नेपालीहरु त्रासमा छन् ।
 

     


प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP