Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सम्पन्न
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२

काठमाडाैं -  मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन (MADA) को १६औं वार्षिक साधारण सभा शनिबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता एशोसिएशनका अध्यक्ष सञ्जय कुमार श्रेष्ठले गरेका थिए ।साधारण सभामा विशिष्ट अतिथिका रूपमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, नेपाल उद्योग परिसंघ (CNI) का उपाध्यक्ष भीम घिमिरे, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपालराज शाक्य, लगायत मोरङका अग्रणी उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष श्रेष्ठले एशोसिएशनको स्थापना सन् १९९७ (वि.सं. २०५४) मा भएको स्मरण गर्दै अटोमोबाइल व्यवसायीको हक–हित संरक्षण, व्यवसाय विस्तार, र नीति निर्माणमा सकारात्मक दबाब दिँदै आएको उल्लेख गरे ।  उनले चर्को बैंक ब्याजदर विरुद्ध पहिलोपटक सातै प्रदेशमा एकसाथ गरिएको ऐतिहासिक प्रदर्शन, नीतिगत त्रुटीहरूमा सरकारलाई बुझाइएको ज्ञापन, र VCTS प्रणालीमा सुधार र व्यावसायिक सहजता कायम गर्न एशोसिएशनले लिएको अग्रसरताबारे जानकारी दिए ।

Hardik health

अध्यक्ष श्रेष्ठले सरकारले अनिवार्य बनाएको MRP स्टिकर सम्बन्धी नीतिले साना व्यापारीहरूलाई थप जटिलतामा पार्ने भन्दै नीतिगत लचीलोपनको आवश्यकता औंल्याए ।  उनले विद्युतीय सवारी साधनको विकासलाई लक्षित गर्दै कर छुट, चार्जिङ स्टेसन विस्तार, सुलभ शुल्क संरचना जस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा भन्सार, कर र VCTS प्रणालीमा देखिएको समस्यालाई समन्वयमार्फत समाधान गरिने र भविष्यमा व्यवसायीक तालिम, कर प्रणालीको सहज जानकारी तथा समर्थनात्मक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता गरिएको थियो। सभामा एशोसिएशन स्थापनाकालका अग्रणी सदस्यहरू प्रेम खड्का र महेश भट्टराई, साथै ईमानदार ट्राफिक प्रहरी राम कुमार साह र कमला कार्कीलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी भवन निर्माणको पहिलो चरणमा योगदान दिने नाडा, सिप्रदी ट्रेडिङ, STC Group का सुरेन्द्र उप्रेती, मोरङ उद्योग वाणिज्य संघका अनुपम राठी, र CNI उपाध्यक्ष भीम घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा नाडाका उपाध्यक्षदेखि ट्राफिक प्रहरी प्रमुख, पत्रकार महासंघ प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरू, अटोमोबाइल्स व्यवसायी तथा व्यवसायिक क्षेत्रका सरोकारवाला व्यक्तिहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव मनोज विक्रम शाहले गरेका थिए ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको यो सभा केवल नियमित साधारण सभा नभई व्यवसायीक आवाज, सञ्जाल, र समन्वयको सशक्त उदाहरण बनेको छ।


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १५:०५
#मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन #MADA
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP