Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सम्पन्न
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२

काठमाडाैं -  मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन (MADA) को १६औं वार्षिक साधारण सभा शनिबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता एशोसिएशनका अध्यक्ष सञ्जय कुमार श्रेष्ठले गरेका थिए ।साधारण सभामा विशिष्ट अतिथिका रूपमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, नेपाल उद्योग परिसंघ (CNI) का उपाध्यक्ष भीम घिमिरे, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपालराज शाक्य, लगायत मोरङका अग्रणी उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष श्रेष्ठले एशोसिएशनको स्थापना सन् १९९७ (वि.सं. २०५४) मा भएको स्मरण गर्दै अटोमोबाइल व्यवसायीको हक–हित संरक्षण, व्यवसाय विस्तार, र नीति निर्माणमा सकारात्मक दबाब दिँदै आएको उल्लेख गरे ।  उनले चर्को बैंक ब्याजदर विरुद्ध पहिलोपटक सातै प्रदेशमा एकसाथ गरिएको ऐतिहासिक प्रदर्शन, नीतिगत त्रुटीहरूमा सरकारलाई बुझाइएको ज्ञापन, र VCTS प्रणालीमा सुधार र व्यावसायिक सहजता कायम गर्न एशोसिएशनले लिएको अग्रसरताबारे जानकारी दिए ।

Hardik health

अध्यक्ष श्रेष्ठले सरकारले अनिवार्य बनाएको MRP स्टिकर सम्बन्धी नीतिले साना व्यापारीहरूलाई थप जटिलतामा पार्ने भन्दै नीतिगत लचीलोपनको आवश्यकता औंल्याए ।  उनले विद्युतीय सवारी साधनको विकासलाई लक्षित गर्दै कर छुट, चार्जिङ स्टेसन विस्तार, सुलभ शुल्क संरचना जस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा भन्सार, कर र VCTS प्रणालीमा देखिएको समस्यालाई समन्वयमार्फत समाधान गरिने र भविष्यमा व्यवसायीक तालिम, कर प्रणालीको सहज जानकारी तथा समर्थनात्मक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता गरिएको थियो। सभामा एशोसिएशन स्थापनाकालका अग्रणी सदस्यहरू प्रेम खड्का र महेश भट्टराई, साथै ईमानदार ट्राफिक प्रहरी राम कुमार साह र कमला कार्कीलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी भवन निर्माणको पहिलो चरणमा योगदान दिने नाडा, सिप्रदी ट्रेडिङ, STC Group का सुरेन्द्र उप्रेती, मोरङ उद्योग वाणिज्य संघका अनुपम राठी, र CNI उपाध्यक्ष भीम घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा नाडाका उपाध्यक्षदेखि ट्राफिक प्रहरी प्रमुख, पत्रकार महासंघ प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरू, अटोमोबाइल्स व्यवसायी तथा व्यवसायिक क्षेत्रका सरोकारवाला व्यक्तिहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव मनोज विक्रम शाहले गरेका थिए ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको यो सभा केवल नियमित साधारण सभा नभई व्यवसायीक आवाज, सञ्जाल, र समन्वयको सशक्त उदाहरण बनेको छ।


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १५:०५
#मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन #MADA
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सानिमा रिलायन्सको क्लब अचिभर्स इभेन्ट  सम्पन्न
सानिमा रिलायन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न मंगलबार, असोज ७, २०८२
बैंकिङ एसोशिएसनकाे १६औं वार्षिक साधारण सभा सम्पन्न
बैंकिङ एसोशिएसनकाे १६औं वार्षिक साधारण सभा सम्पन्न मंगलबार, असोज ७, २०८२
सानिमा बैंकको लाभांश घोषणा
सानिमा बैंकको लाभांश घोषणा आइतबार, असोज ५, २०८२
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने शुक्रबार, असोज ३, २०८२
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने शुक्रबार, असोज ३, २०८२
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, असोज ३, २०८२
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP