काठमाडौं - गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ ।
शुक्रबार तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको थियाे । आज एक तोला चाँदीकाे मूल्य शुक्रबारकै मूल्यमा कायम भई रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।