Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२
एआईमार्फत तयार पारिएको प्रतीकात्मक तस्बिर
  • श्रमिकलाई अत्यधिक तापक्रमबाट जोगाउन ‘मध्याह्न ब्रेक’ लागू
  • श्रमिकलाई प्रत्यक्ष घाममा र खुला ठाउँमा काम लगाउन नपाइने
  • ओमान, कतार र कुवेतमा जुन १ तारिखबाटै यो नियम लागू
  • नियम उल्लंघन गर्ने रोजगारदातालाई कानुनबमोजिम सजाय हुने

काठमाडौं– साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनमा यस वर्षको मध्याह्न ब्रेक आजबाट लागू हुँदै छ । पृथ्वीको तातो क्षेत्रमध्ये पर्ने यी देशमा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु कार्यरत छन् । नेपालीहरुकोसमेत प्रमुख रोजगार गन्तव्यको रुपमा रहेका यी मुलुकहरुले श्रमिकलाई अत्यधिक तापबाट जोगाउन हरेक वर्ष यो नियम लागू गर्दै आएका छन् । आज जुन १५ बाट सुरु भएको ब्रेक तीन महिना अर्थात् सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ ।

बहराइनले विगतमा दुई महिनाका लागिमात्र दिँदै आएको यस्तो ब्रेक मन्त्रिपरिषद्को निर्णयबाट यसपालिबाट भने एक महिना थप गरेको छ । त्यहाँ यसअघि जुलाई १ देखि अगस्ट ३१ सम्ममात्र यस्तो ब्रेक दिइथ्यो । यो अवधिभर बहराइनमा श्रमिकले दिउँसोको १२ः०० बजेदेखि ४ः०० आराम गर्न पाउँछन् । साउदीमा दिउँसोको १२ः०० देखि ३ः०० बजेसम्म र युएईमा १२ः३० देखि ३ः०० बजेसम्म श्रमिकलाई प्रत्यक्ष घाममा र खुला ठाउँमा काम लगाउन नपाइने नियम छ ।

अन्य खाडी मुलुकहरु ओमान, कतार र कुवेतमा भने गत जुन १ तारिखबाटै यो नियम लागू भइसकेको छ । कुवेत र ओमानमा अगस्ट ३१ तारिखसम्म ब्रेक दिइन्छ भने कतारमा सेप्टेम्बर १५ सम्म मध्याह्न ब्रेक पाइन्छ । ओमानमा दिउँसोको साढे १२ बजेदेखि साढे तीन बजेसम्म, कतारमा बिहानको १० बजेदेखि साढे तीन बजेसम्म र कुवेतमा बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म ब्रेक दिने नियम कार्यान्वयनमा छ । 

निजी क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यो नियम कार्यान्वयन गरिएको यी मुलुकका मानव संसाधन मन्त्रालयले जनाएका छन् । अन्तर्राष्ट्रिय मापदण्ड र व्यावसायिक सुरक्षालाई मध्यनजर गर्दै अत्यधिक गर्मी हुने यस समयमा श्रमिकलाई चोटपटक र स्वास्थ्य समस्याबाट जोगाउन यो नियम कार्यान्वयन गरिएको उनीहरुको भनाइ छ ।

Hardik health

यी मुलुकहरुले सूचना जारी गर्दै नियमको उल्लंघन गर्ने रोजगारदातालाई कानुनबमोजिम सजाय हुने जनाएका छन् । बहराइनमा प्रावधानविपरीत श्रमिकलाई काम लगाउने रोजगारदातालाई तीन महिनाभन्दा बढीको जेल सजाय, पाँच हजारदेखि एक हजार बहराइन दिनारभन्दा बढी जरिवाना या दुवै सजाय दिइने प्रावधान छ । साउदीमा नियमको उल्लंघन गर्ने कम्पनीले एक लाख रियालभन्दा बढी जरिवाना तिर्नुपर्छ ।

त्यस्तै ३० दिनभन्दा बढी उक्त कम्पनी बन्द गर्न सकिने, या सदाका लागि कम्पनी बन्द गरिने, गल्ती दोहो¥याए जरिवाना दोब्बर बनाइने या श्रमिकको संख्याअनुसार जरिवाना बढाउने नियम छ ।युएईमा प्रतिकामदार पाँच हजार दिराम जरिवाना र धेरै कामदारलाई काम लगाएको छ भने ५० हजार दिरामसम्म जरिवाना हुनसक्छ । उल्लंघन गर्ने प्रतिष्ठानको इल निलम्बन गरिने वा मन्त्रालयले अपनाएको वर्गीकरण प्रणालीबाट संस्थालाई ‘डाउनग्रेड’ गर्नसक्ने कानुनी प्रावधान छ ।

कतारमा नियमको उल्लंघन गर्ने कम्पनीलाई सरकारले अल्पकालीन या दीर्घकालीनरुपमा बन्द गर्नसक्छ । ओमानमा ५०० रियाल जरिवाना र गल्ती दोहो¥याए रोजगारदातालाई एक महिनासम्मको जेल सजाय हुने प्रावधान छ । कुवेतमा रोजगारदातालाई चेतावनी दिने, यसले नभए प्रतिश्रमिक १०० देखि २०० दिनारसम्म जरिवाना र तीन वर्षसम्म यस्तो कार्यको अन्त्य नगरे जरिवाना दोब्बर बनाइने नियम छ । 

मध्यपूर्वका यी मुलुकहरुमा नेपालसहित भारत, पाकिस्तानलगायतका एसियाली मुलुक र अफ्रिकी मुलका श्रमिकहरु बढी छन् । गत आर्थिक वर्षमा युएईमा एक लाख ९३ हजार ४३८, साउदीमा एक लाख ४१ हजार ५०२, कतारमा एक लाख ३४ हजार ६६९, कुवेतमा ४० हजार ३६८, ओमानमा पाँच हजार ९१० र बहराइनमा नौ हजार ८०६ जना नेपाली श्रमिक रोजगारीका लागि गएका थिए ।

यसरी लाखौंको संख्यामा गएका श्रमिकहरु अत्यधिक तापक्रमको जोखिममा पर्ने गरेको मानवअधिकारवादी संस्थाहरुले बताउँदै आएका छन् । हालैमात्र ह्युमन राइट्स वाचको एक अध्ययनले खाडी राष्ट्रहरुले आप्रवासी श्रमिकलाई अत्यधिक तापक्रममा पनि सुरक्षा सावधानीविनै काममा लगाएका पाइएको उल्लेख गर्दै उनीहरुको सुरक्षामा ध्यान दिन सम्बन्धित देशहरुलाई आग्रह गरेको थियो । साथै ती अध्ययनका क्रममा सहभागी साउदीमा कार्यरत श्रमिकले त्यस्तो गर्मीमा पनि आफ्नो कोठामा एसी, फ्रिजलगायतका आधारभूत व्यवस्था नहुँदा निकै कठिनाइ भएको बताएका थिए । अत्यधिक तापक्रमका कारण खाडी मुलुक गएका श्रमिकहरु मृत्युवरण गर्ने, मिर्गौला फेल हुने र अन्य दीर्घकालीन स्वास्थ्य समस्या लिएर फर्किने गरेका विभिन्न अध्ययनले देखाएका छन् ।

 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP